काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११ औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु भएका हो ।
सेमिनारमा १ सय ३९ तथा कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्यको सेमिनार र कोर्स चितवनमा भदौ ८ देखि ११ गतेसम्म हुनेछ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सातै प्रदेशमा कार्यक्रम आयोजना गरिने तेक्वान्दो संघले जनाएको छ ।द्