काठमडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो।
नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरे। सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान गरे।
सोमपाल मैदान छिर्दा नेपालले ७ विकेट गुमाउदा ६७ रन जोडेको थियो। उनले नवौं र दशौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दा नेपालको स्कोर बढेको थियो।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। दोस्रो ओभरमा ओपनिङ ब्याटर कुशल भुर्तेल १ रनमा शाहनवाज दहानीबाट बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा दहानीकै बलमा क्याच भए।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी ( पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए