काठमाडौं । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्।
बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।
उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए। ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।
मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो। मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी समेत गरेका छन्।