इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज पौडेल मृत फेला

दियो पोस्ट  

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकमा रहेको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन्।

सोमबार राति बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरको तल्लो तलामा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पौडेल होटेलमा मृत फेला परेको भन्दै होटेल सञ्चालकले राति १२ बजे वडाध्यक्षलाई जानकारी गराएका थिए। वडाध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राति २ बजे प्रहरी चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो।

प्रहरीले होटेल सञ्चालक अन्जादी ४५ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान हुँदै छ ।