साफ यू-२० महिला च्याम्पियनसिप उपाधिका लागि नेपाल बंगलादेशसँग भिड्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। बंगलादेशको ढाकास्थित किङ्स एरेनामा सोमबार नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै छन्।

नेपाली समय अनुसार ६ः३० बजे हुने खेलमा नेपालले बंगलादेशसंग कडा प्रतिप्रस्पर्धा गर्नुपर्नेछ । यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० गोलले हराएको थियो। यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।

बंगलादेशविरूद्ध भने नेपाल ३-२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।

गोलअन्तरमा नेपाल अघि छ। नेपाल गोलअन्तरमा ६ गोलले अघि छ। त्यसैले नेपालका लागि उपाधि जित्न खेलमा जित नै चाहिने हुन्छ।

सिफारिस