पीडितको बद्नामी गर्न श्री लालीगुराँस सहकारीको दुष्प्रचार : अधिकांश दैनिक पत्रिकामा सुचना आतंक !

दियो पोस्ट  

काठमाडौं, १४ साउन । पछिल्लो समय ‘ठगीधन्दा’, भ्याट छली लगायतको समाचार प्रकाशन हुँदा त्यसको समाचारको खण्डन गर्नुको सट्टा विज्ञप्ति मार्फत दैनिक पत्रिकाहरुको पृष्ट दुरुपयोगकको क्रम बढ्न थालेको छ । केही समयअघि एनसेलले कर नतिरेको विषयमा समाचार प्रकाशन मात्रै भएन कर बुझाउन सर्वोच्च अदालतले आदेश विरुद्धमा दैनिक पत्रिकाहरुमा ‘एनसेल’ले विज्ञप्ति मार्फत खण्डन गरेको थियो ।


सोमबार निस्किएका कान्तिपुर, नागरिक, नयाँ पत्रिका, अन्नपूर्णपोस्ट, राजधानी, नेपालप समाचार पत्र, आर्थिक दैनिक लगायत सबै दैनिक पत्रिकामा एउटा विज्ञापनले भरिएको थियो । सामान्यतया सम्पत्ति लिलामीबारे सुचना निकाल्दा सबैजसो वित्तिय संस्थाहरुले एउटै मात्रै दैनिक पत्रिकामा सुचना छाप्छन् । किन भने त्यो औपचारिकताका लागि स्वभाविक पनि हो तर, आजका सबै दैनिक पत्रिकामा एउटा दम्पत्तिको सम्पत्ति लिलामी गरिसकेको र लिलामीबाट पनि नपुगेर बाँकी रहेको रकम असुल उपर गर्न सुचना जारी गरिएको छ ।


ती दम्पत्तिले आफ्नो २१ करोडको सम्पत्ति कसरी श्री लालीगुँरास सहकारीले हत्यायो भनेर दियोपोस्ट डटकमलाई केही दिन अघि बताएका थिए । उनीहरुकै पीडालाई दियोपोस्टले समाचारको रुपमा प्रकाशन गरेको थियो । श्री लालीगुराँस सहकारीबाट ऋण लिएका केशव पुरीले आफू आफ्ना व्यापरिक साझेदारले २ करोड २० लाख ऋण लिएको र उक्त ऋण मध्ये आफ्नो भागमा रहेको ९० लाख रुपैयाँ ऋणको एक वर्षसम्म ब्याज र पेनाल्टी बुझाएको बताएका थिए । तर, सहकारीले थाहा नै नदिइ २१ करोडको सम्पत्ति हत्याएको आरोप उनले दियोपोस्ट मार्फत नै लगाएका थिए । सोही समाचार प्रकाशन भएपछि लालीगुँरासले विभिन्न पत्रपत्रिकामा प्रतिशोध पूर्ण तरिकाले उक्त कर्जा सुचना निकालिएको आरोप केशवको छ ।


‘मलाई यो पत्रिकाको सुचनाले नराम्रो केही गरेको छैन । जुन सुचनामा मलाई ३५ दिन भित्र लिलामी पछिको बाँकी रहेको रकम बुझाउन आउन भनिएको छ । २ करोड २० लाख ऋण लिँदा मेरो २१ करोडको सम्पत्ति खाएर पनि नपुगेपछि सबै पत्रिकामा विज्ञप्ति छापिएको रहेछ,’ केशवले दियोपोस्टसँग भने,‘त्यति सम्पत्ति खाएर पनि यसरी ऋणीको चरित्र हत्या गर्दो रहेछ भन्ने प्रमाण आफ्नै आँखाले देखेँ ।’


के थियो केशव पुरीको लालीगुराँसँगको कारोबार ?

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !