श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

दियो पोस्ट  

काठमाडौं, १० साउन । ललितपुरको पुल्चोकमा मुख्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ सुरेन्द्र भण्डारीले सहकारीको करोडौँ रकम हिनामिना गरेको पाइएको छ ।
हजारौँ सर्वसाधरणले विश्वासको आधारमा वचत गरेको उक्त सहकारीको करोडौं रकम भण्डारीले मनोमानी रुपमा प्रयोग गर्ने गरेको तथ्य दियोपोस्टले फेला पारेको छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक


ऋणीहरुको बहुमुल्य सम्पत्ति हत्याउन २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी लगाउने र तिर्न नसके घरजग्गा लिलामी गरी आफ्नै आफन्तको नाममा सकार्दै आएका भण्डारीले आफूले भने ३ प्रतिशतमा करोडौं ऋण लिने गरेको पाइएको छ ।


दियोपोस्टले फेला पारेको स्टेटमेन्ट अनुसार भण्डारीले २०७२ साल चैत्र २९ गते लालीगुराँस सहकारीबाट ३ प्रतिशत ब्याजमा १ करोड ८५ लाख रुपैयाँ ऋण लिएको देखिन्छ ।


सर्वसाधरणले लालीगुराँस सहकारीमा डिपाजिट गरेको रकमबाट जग्गा दलाली धन्दा चलाउँदै आएका भण्डारीले उक्त रकम पनि घरजग्गामै लगानी गरेको उच्च स्रोतको दाबी छ ।


दियोपोस्टले फेला पारेको स्टेटेमेन्ट अनुसार सर्वसाधरण ऋणीले भने २१ प्रतिशत भन्दा बढी ब्याज र १५ प्रतिशत पेनाल्टी सम्म बुझाएको पाइएको छ ।


२०६७ सालमा ऋण लिएकी अन्जु पुरीले भने २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी बुझाएको स्टेटमेन्टमा देखिन्छ ।


यसरी नै चर्को ब्याज र पेनाल्टी हिसाब गरेर अन्जुकी पति केशव पुरी र अन्य ऋणीको २१ रोपनी जग्गा लालीगुराँस सहकारी हत्याएको समाचार यसअघि नै दियोपोस्टले प्रकाशन गरिसकेको छ ।
त्यस्तै सन् २०१७ जुलाई २० मा भण्डारीले नै लालीगुराँस सहकारीबाट १३ प्रतिशत ब्याजदरमा १० लाख ऋण लिएको देखिएको छ ।


सर्वसाधरणको डिपोजिटको पैसाबाट घरजग्गा ‘दलालीधन्दा’


भण्डारीको मनपरी यतिसम्म छ की उनले सर्वसाधरणले डिपोजिट गरेको उक्त सहकारीको पैसाबाट घरजग्गा दलालीको डरलाग्दो धन्दा चलाइरहेका छन् ।

घरजग्गा दलालीका लागि सहकारीबाट लिएको ऋणको स्टेटमेन्ट


२०७४ साल पौष ४ गते श्री लालीगुराँस सहकारीबाट भण्डारीले ३ करोड ५० लाख रुपैयाँ निकालेको देखिएको छ । ‘ल्यान्ड पर्चेज लोन’ भनिएको उक्त रकम घरजग्गामा लगानी गर्नका निम्ती हो जसको ब्याज भने १२ प्रतिशत मात्रै छ ।
गोरखा जिल्लाको साविक थालजुङ गाविस १ घर भएका भण्डारी सामान्य परिवारबाट काठमाडौं आएका थिए । तर श्री लालीगुराँस सहकारीमा हात हालेपछि उनले अर्बौंको सम्पत्ति जोडेका छन् । लालीगुराँस सहकारीकै रकम हिनामिना गर्न भण्डारीले ‘लालीगुराँस’ ब्रान्डको विभिन्न कम्पनि खडा गरेका छन् । जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनि प्राली मार्फत घर जग्गामा अरबौँ रुपैष्याँ लगानी भएको उच्च स्रोतबाट प्राप्त विवरणमा देखिन्छ ।


लालीगिुराँस सहकारीको ऋीणीहरुको मास्टर लिस्टमा अधिकांश ‘लालीगुराँस’ ब्राण्डका कम्पनिहरु नै छन् । स्टेटमेन्ट अनुसार सन् २०१४ जुलाई १५ मा जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङको नाममा ४ करोड ८० लाख रुपैयाँ निकालिएको छ । ललितपुरकै भनिमण्डलमा कार्यालय रहेको उक्त कम्पनि भण्डारीकै स्वामित्वको हो ।


त्यस्तै भण्डारीले एक युवतीको नाममा शंकाष्पद कारोबार गर्ने गरेको तथ्य दियोपोस्टले फेला पारेको छ । उनको नाममा एक पैटकमा करोडौँ ऋण लिने र उक्त रकम भण्डारीले घरजग्गामा लगानी गर्ने गरेको पाइएको छ ।


यता आफन्त र नातागोताको नाममा पनि भण्डारीले करोडौँ रुपैयाँ ऋण लिने गरेका छन् । दियोपोस्टलाई प्राप्त विवरण अनुसार उनले अमृत बहादुर भण्डारीको नाममा ३ करोड ७५ लाख ऋण लिएका छन् । १३ प्रतिशत मात्रै ब्याजमा लिइएको देखिएको उक्त स्टेटमेन्टमा ५ स्थानमा ब्याज मिनाहा गरिएको छ ।


स्रोतका अनुसार उक्त रकम पनि भण्डारीले नै घरजग्गामै लगानी गरेका थिए ।

यो पनि पढ्नुहोस्

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !