काठमाडौं, १२ साउन । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक (सिइडि) सुरेन्द्र भण्डारीले आफ्ना आफन्तको नाममा करोडौं ऋण लिने गरेको पाइएको छ ।
दियोपोस्ट डटकमलाई उच्च स्रोतबाट प्राप्त विवरण अनुसार भण्डारीले आफ्ना आफन्तको नाममा ऋण लिने र ब्याज भने मिनाहा गर्ने गरेको भेटिएको हो ।
१९ हजारभन्दा बढी सर्वसाधरणको शेयर र हजारौँ सर्वसाधरणको डिपोजिट रहेको उक्त सहकारीको पुँजीमा प्रमुख कार्यकारी निर्देशक भण्डारीले विभिन्न धन्दा चलाइरहेका छन् । उनले आफन्तको नाममा ऋण लिने र ब्याज मिनाहा मात्रै गर्ने गरेका छैनन् । त्यही पैसा जग्गामा लगानी समेत गर्ने गरेका छन् ।
भण्डारीकै परिवारका सदस्यहरुको नाममा ऋण निकाल्ने र ब्याज भने मिनाहा गर्ने गरेको तथ्य स्टेटमेन्टमा देखिन्छ ।
सर्वसाधरण ऋणीलाई २१ प्रतिशत ब्याज मात्रै होइन १५ प्रतिशत पेनाील्टी लगाएर बहुमुल्य सम्पत्ति कब्जा गर्दै आएका भण्डारीले उनकै परिवारका सदस्यलाई भने १३ प्रतिशतमा लाखौँ रकम दिलाएका छन् ।
दियोपोस्टलाई प्राप्त विवरण अनुसार सन् २०१३ अक्टोबर ८ मा उनका पारिवारिक सदस्य अमृत बहादुर भण्डारीलाई १३ प्रतिशत ब्याजदरमा ३७ लाख ५० हजार रुपैयाँ ऋण दिएको देखिन्छ ।
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालयको स्टेटमेन्ट अनुसार ऋण लिएका भण्डारीले ब्याज भने मिनाहा पाएका छन् ।
स्टेटमेन्ट अनुसार अमृत भण्डारीलाई ८ पटकभन्दा बढी शुन्य प्रतिशत ब्याज लगाइएको छ । २०७२ पुष १, २०७३ असार ३१, २०७३ पुस २८ मा ब्याज छुट दिइएको स्टेटमेन्टै उल्लेख छ ।
तर, सर्वसाधरणलाई भने २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टीको नाममा चर्को अशुली गरिन्छ ।
स्टेटमेन्टमा अमृत बहादुर भण्डारी देखिएपनि ऋण भने लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले नै चलाएका थिए । उनले उक्त रकम पनि साझेदारीमा घर जग्गामा लगानी गरेको उच्च स्रोतले बतायो ।
त्यसो त उनी आफैले समेत पटक पटक तीन प्रतिशतमा करोडौँ रकम ऋण लिएको यसअघि नै दियोपोस्टले खुलाशा गरिसकेको छ ।
उनले पारिवारिक सदस्य सफल भण्डारीलाई पनि १४ प्रतिशतमा २१ लाख १० हजार रुपैयाँ दिएको उल्लेख छ । त्यस्तै अन्य परिवारको सदस्यको नाममा पनि त्यस्तै शंकास्पद कारोबार भण्डारीले गरिरहेका छन् । आफ्ना आफन्त, आफ्नै स्वामित्वको अन्य कम्पनिमार्फत बैंक तथा वित्तिय संस्थाबाट ऋण निकालेर मनोमानी गर्नेमाथि ‘बैंकिङ कसुर तथा ठगीको मुद्दा लाग्छ । एक सहकारी विज्ञका अनुसार यो आर्थिक अपराध नै हो ।
‘सहकारीमा सर्वसाधरणको विश्वास हुन्छ । उहाँहरुले आफूले श्रम पसिना गरेको मुल्य राख्नु भएको हुन्छ । तर, सहकारीका पदाधिकारीले त्यो रकममा आफूखुसी विभिन्न बहानामा ऋण लिने, आफन्त नातागोतालाई ऋण दिलाउने, आफ्नो कम्पनिलाई ऋण दिने र सहकारीलाई धरासायी बनाइदिने पछिल्लो समय धेरै भएको देखेको छु,’ ती विज्ञ भन्छन्,‘यस्ता किसिमका आर्थिक अपराधबाट लाखौँ सर्वसाधरण ठगिएका छन् । रकम डिपोजिट गर्ने महानुभावहरुले नै यो कुरा बुझ्नुपर्छ ।’
भण्डारीले लालीगुराँस सहकारीबाट आफ्नै स्वामित्वको दर्जनौँ कम्पनिबाट अर्बौं ऋण लिइरहेका छन् । देशको उत्कृष्ठ सहकारीको रुपमा आफूलाई दाबी गर्दै आएको यो सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीको आर्थिक अपराधको श्रृङखालाबद्ध समाचार दियोपोस्टले पटक पटक सार्वजनिक गर्दै आइरहेको छ ।
यसअघि प्रकाशित समाचारमा भूलबस ‘करोड’ शब्द उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ : सम्पादक
भण्डारीले ‘भण्डारी’ थरकै एक महिला मार्फत श.काष्पद कारोबार गरेको अर्को तथ्य पनि भेटिएको छ । उनको नाममा श्री लालीगुराँस सहकारीबाट करोडौँ ऋण लिने र ब्याज भने मिनाहा गर्ने गरेको देखिएको छ ।
स्टेटमेन्ट अनुसार उक्त युवतीसँग भण्डारीको रहस्यमयी आर्थिक कारोबार पनि देखिएको छ । ती युवतीलाई उनले पटक पटक शुन्य प्रतिशतमा ऋण दिलाएको समेत देखिएको छ । यसको विस्तृत रिपोर्ट अर्को अंकमा प्रकाशित गर्नेछौँ ।
यो पनि