दियोपोस्ट समाचार प्रभावः जिल्ला अस्पताल धादिङ्गले टिकट शुल्कवृद्धी फिर्ता लियो

दियोपोस्ट समाचार प्रभावः जिल्ला अस्पताल धादिङ्गले टिकट  शुल्कवृद्धी  फिर्ता लियो

धादिङ्ग, साउन १ । जिल्ला अस्पताल धादिङ्गले टिकटमा गरेको शुल्क बृद्धी फिर्ता गरेको छ । कोरोनाभाइरसको महामारीका बिच धादिङ्ग अस्पतालले ओपिडी र इमरजेन्सी टिकटमा शुल्क बृद्धी गरेको समाचार दियोपोस्ट डटकममा प्रकाशन भएको केही बेरमा नै अस्पतालले शुल्क बृद्धी फिर्ता लिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. त्रिभुवन चन्द्र झाले टिकट शुल्क फिर्ता लिएको जानकारी गराएका छन् । उनले अध्यक्ष महेन्द्र धमलाको निर्देशनमा शुल्क फिर्ता लिएको बताए । अध्यक्ष धमलाले भने आफुलाई थाहा नदिइकन टिकट शुल्क बढाएको भन्दै तत्काल फोन गरेर टिकट शुल्क फिर्ता लिन निर्देशन दिएको बताए ।

यसअघि १० रुपैयाँ दस्तुर लाग्ने ओपिडी टिकट शुल्क साउन १ गते (आज) देखि २५ रुपैयाँ कायम भएको थियो । त्यस्तै ५० रुपैयाँ लाग्ने इमरजेन्सी टिकटमा ५० प्रतिशत शुल्क बढाएर ७६ कायम गरिएको थियो ।

Trending News