गोल्डेन बुटबाट वञ्चित भएपछि रोनाल्डो निराश

गोल्डेन बुटबाट वञ्चित भएपछि रोनाल्डो निराश

काठमाडौँ, साउन १६ । क्रिस्टियानो रोनाल्डो निराश छन् । उनी यस सिजनको युरोपियन गोल्डेन बुटबाट बञ्चित हुने देखिएको छ ।

सिरि ए फुटबलको पछिल्लो खेलमा रोनाल्डो गोल गर्न असफल रहे ।

रोनाल्डोले गोल संख्या बढाउन नसकेपछि उनी ईटालीकै सिरो ईम्मोबिलसंग गोल्डेन बुटको दौडमा चार गोलले पछि परेका छन् ।

रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका छन् । तर उनले बुधबार गोल गर्न सकेनन् । रोनाल्डोको जादु नचलेपछि युभेन्ट्सले काग्लियारीसंग २–० को हार ब्यहोर्यो ।

रोनाल्डोका प्रतिद्धन्दी ईम्बोबिलले यस सिजन युभेन्ट्सका स्टार खेलाडी भन्दा चार गोल बढी गरेका छन् । दुवै खेलाडीले सिरि एमा अन्तिम एक खेल्न बाँकीनै छ ।

ईम्मोबिलले बुधबार सर्वाधिक गोलकर्ताको दौडमा जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई समेत पछि पारे ।

बायर्नका फरवार्डले यस सिजन बुन्डेसलिगामा ३४ गोल गरेका थिए । लाजियोका ईम्मोबिलले गोल संख्या ३५ पुर्याएका छन् ।

ईम्मोबिल सिरि एको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्न मात्र एक गोलले पछि छन् । सन् २०१५–१६ को सिजनमा नापोलीका गोन्जालो हिग्युनले ३६ गोलको कीर्तिमान कायम गरेका थिए ।

लाजियो फरवार्ड सो कीर्तिमानबाट मात्र एक गोलले पछि छन् ।

रोनाल्डोकै प्रेरणादायी प्रर्दशनमा युभेन्ट्सले यस सिजनको लिग उपाधि उचालेको थियो ।

गत सिजन समेत युभेन्ट्सलाई घरेलु लिग जिताएका रोनाल्डोले यस सिजन समेत लगातार नवौं पटक सिरि एमा टुरिन क्लबलाई सफलता दिलाए ।

तर ईटाली आएपछि रोनाल्डोले ब्यक्तिगत स्पर्धामा खासै प्रतिस्पर्धा गर्न सकेका छैनन् । रोनाल्डोकै प्रर्दशनमा केन्द्रित युभेन्ट्स यस सिजनको च्याम्पियन्स लिगको समेत बलियो दाबेदार रहेको छ ।

Trending News