विष्णु थपलिया भन्छन्,‘मैले साना किसानमा अनियमितता गरेको छैन, व्यावसाय गरेको हुँ’

दियो पोस्ट  

काठमाडौं, १९ असार । साना किसान सहकारी संस्था कुम्पुरका प्रबन्धक विष्णु थपलियाले आफूले अनियमितता गरेको आरोप झूटो भएको बताएका छन् ।


थपलियाले दियोपास्टमा प्रकाशित समाचारको खण्डन गर्दै प्रकाशित समाचारले आफ्नो चरित्र हत्या गरेको आरोप लगाए । सहकारीको आन्तरिक तथा बाहय लेखा परिक्षण, सञ्चालक समितिको निर्णय हुँदै सभधराण सभासम्म प्रगति रिपोर्ट प्रस्तुत हुने भएकाले कसैले पनि अनियमितता गर्न नसक्ने उनले बताए । आफुमाथि लागेको अनियमितताको आरोप झूटो रहेको उनले बताए ।


‘म २५ वर्षदेखि कर्मचारीको रुपमा काम गर्दै आएको छु । सामाजिक कार्यमा पनि क्रिायशिल छु । भूकम्पमा राहत बाढेँ । कोरोना महामारीमा स्वास्थ्य सामग्री बाढेँ,’ उनले भने,‘म गजुरी लायन्स क्लबको अध्यक्ष हुँ । नेपाल उद्योग वाणिज्य महासंघको नगर परिषदको केन्द्रीय सदस्य हुँ । व्यावसायीक व्यक्ति पनि हुँ ।’


आफूले जग्गा किनबेच गर्ने पेशा अपनाएको उनले बताए ।

सिफारिस