काठमाडौं, २१ असार । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालबाट शनिबार १२ करोड ४३ लाखको ठेक्का हात पार्ने म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लीले फेरी अर्को ठेक्का हत्याएको छ ।
अस्पतालका प्रमुख कार्यकारी प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले उक्त कम्पनिलाई फेरी पौने ३ करोड रुपैयाँको ठेक्का दिएका हुन् ।
म्याक्सिमका देखिने मालिक सुन्दर भुसालसँग डा. जागेश्वर गौतमको विभिन्न व्यावसायमा साझेदारी रहेको छ । उनीहरुबीच व्यापारीक साझेदारी भएको विषय सार्वजनिक भएपनि गौतमले लाजै नमानी फेरी अर्को ठेक्का आफ्नै व्यावसायीक पार्टनरलाई दिएका छन् ।
वीर अस्पतालले खरिद गर्न लागेको मोनिटर प्यारामिटरको २ कराड ८६ लाख ७५ हजारको ठेक्का फेरी क्याक्सिमलाई दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई आफ्नो साथी भन्दै वीर अस्पतालका प्रशासकीय अधिकारी जागेश्वर गौतमले मनोमानी रुपमा आफ्नै पार्टनरलाई ठेक्का दिएका हुन् ।
वीर अस्पतालको मोनिटर खरिदमा यसअघि नै विवादमा मुछिएको म्याक्सिम उपप्रधनमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको अदृष्य लगानी रहेको कम्पनि हो । यो कम्पनिका देखिने मालिक सुन्दर भुषालसँग वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको विभिन्न अन्य कम्पनीमा साझेदारी छ ।
यसअघि वीर अस्पतालले म्याक्सिमलाई सेटिङमा ठेक्का दिन लागेको भन्दै दियोपोस्ट लगायत सञ्चार माध्यममा खबर आएपछि वीर अस्पतालको तत्कालिन प्रशासनले ठेक्का नै रद्द गरेको थियो । तर, कोभिड १९ नियन्त्रण सम्बन्धी सरकारले अध्यादेश जारी गरेरै डा. गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको थियो ।
उनको नियुक्तीसँगै ५ अर्ब बरारको ठेक्का हत्याउन आफ्नै कम्पनि समलग्न गराउने खेल शुरु भएको थियो ।
डा. गौतमले म्याक्सिमलाई ठेक्का दिलाउन म्याक्सिममै कार्यरत बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ती दिएर खेल शुरु गरेका थिए । भावनाले म्याक्सिमलाई नै ठेक्का दिने गरि स्पेसिफिकेशन गरेको स्रोतको दाबी छ ।
डा. गौतम र ठेकेदार भुसालबीच के–के मा साझेदारी छ ?