काठमाडौं, १ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले खोप केन्द्रहरुमा देखिएको लाइन हटाएर व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको आधिकारीक ट्वीटर पेज ह्याक भएपनि देउवाले सञ्चालन गर्दै आएको व्यक्तिगत पेजबाटै यस्तो जानकारी दिएका हुन् ।
‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएको छु,’ देउवाले ट्वीटमा भनेका छन् ।