काठमाडौं । नेकपा एमालेको केपी ओली समुहका केही नेताले समेत प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गरेका छन् । मुगुका सांसद गोपाल बमले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गरेका छन्् ।
यसअघि डोल्पाका सांसद धन बहादुर बुढाले पनि देउवाको पक्षमा मतदान गरेका थिए ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका थिए। संसद अपहरणको मुद्दामा विवादित बनेका तनहुँका सांसद किसन कुमार श्रेष्ठले पनि देउवालाई मत दिएका छन् । माधव नेपालसहित ५ सांसदले देउवाको पक्षमा मतदान गरिसकेका छन् ।