लिभिङ टुगेदरको नाममा ‘५ वर्षसम्म यौन शोषण’: युवक फरार, महिलाद्वारा आत्महत्या प्रयास !

दियो पोस्ट  

काठमाडौं, ४ साउन । गोरखा घर भएकी रमा (नाम परिवर्तन) बानेश्वर स्थित चिया पसलमा काम गर्दै गर्दा एक युवासँग उनको चिनजान भयो । गृहमन्त्रालयको ड्राभइर बताउने ती युवा बर्दिया घर भएका पदम बुढा क्षेत्री थिए । दैनिक जसो उनीहरुको भेटघाट हुन थाल्यो । केही महिनाको निकटता प्रेममा बदलियो । पदमले रमालाई आफू एक्लो भएको बताए । उनीहरु दुई जना मिलेर काठमाडौंमै एउटा कोठा लिए । कोठामा सँगै बस्न थाले ।


सँगै जीन्दगी विताउने सपना पदमले रमालाई दिए । रमाले पदमलाई सबैकुरा सुम्पिइन् । ५ वर्षदेखि उनीहरु एउटा कोठामा सँगै बस्दै आए । तर, गत वैशाख १ देखि पदमले रमालाई अर्कै व्यवहार गर्न थाले । पदमका परिवारसम्म रमाबारे थाहा थियो । रमाले पदमसँग विवाह दर्ता गरिदिन र विवाहको प्रस्ताव गरिन् । पदमले हुन्छ त भने तर, परिवारलाई कारक बनाउँदै पञ्छिन थाले । विस्तारै उनीहरुबीच जातको कुरा आउन थाल्यो । पदमकी बहिनीले रमाको जात नमिल्ने भन्दै विवाह गर्न अस्विकार गर्न थालिन् । रमाको जात मगर हो । यता पदम भने क्षेत्री हुन् ।


६ वर्षसम्म सँगै बसेपछि रमाबाट पदम टाढा हुन थाले । जात घर र परिवारको बाहाना बनाउँदै उनी एकाएक रमाबाट टाढा भए । ‘म सँग एउटा नागरिकता बाहेक केही छैन । मैले पदमलाई आफूले ऋण गरेर मोटर साइकल किनिदिएँ,’ रमाले दियोपोस्टसँग भनिन्,‘त्यही मोटरसाइकल लिएर अहिले उ फरार छ । मेरो मोबाइल ब्लक लिस्टमा राखेको छ । विभिन्न माध्यमबाट मलाई ज्यानै लिने धम्की दिन थालिएको छ ।’
रमाका अनुसार उनलाई विदेश बस्ने सुमन विसी नाम गरेका व्यक्तिले ज्यानै लिने धम्की दिन थालेका छन् । सामािजक संजाल फेसबुकमा भ्वाइस म्यासेज पठाएर ती व्यक्तिले रमाको ज्यान लिने धम्की दिएका छन् । ‘मलाई अश्लिल गाली गर्ने र ज्यान लिने धम्की दिएका छन्,’ अडियो सुनाउँदै उनले भनिन्,‘मैले यस विषयमा प्रहरीलाई जानकारी गराउने तयारी गरेको छु ।’


यता रमालाई विचल्ली बनाउने पदमलाई सम्पर्क गर्दा शुरुमा उनले फोन उठाएनन् । दियोपोस्टकर्मीको मोबाइल नम्बर नै उनले ब्लक लिस्टमा राखेका थिए । ल्याण्ड लाइनबाट सम्पर्क गर्दा भने उनले फोन उठाए । ‘हामीहरुसँगै बसेका हौँ । उसले मलाई केटाहरु लगायो,’ पदमले भने,‘म अहिले केही बोल्दिनँ ।’


यता रमाले भने आफूलाई विवाहको नाटक गरेर जीन्दगीमाथि नै खेलवाड गरेको भन्दै प्रहरी समक्ष जाहरी दिएकी छिन् । जाहेरीमा उनले विष सेवन गरेर आत्महत्या प्रयास समेत गरेको बताएकी छिन् ।


‘पदमका कारण मैले आत्महत्या कोशिस गरेँ । विष सेवन गरेर आत्महत्या कोशिस गर्दा नजिकै रहेको दिदिको छोराले साबुन पानी सेवा गराएपछि म बाचेँ,’ रमाले जाहेरीमा भनेकी छिन्,‘२०७३ देखि लिभिङ टुगेदरको नाममा यौन शौषण गरि मेरो जीवन बर्वाद बनाई हाल कोठामा समेत नआई तँसँग भस्नुभन्दा जेलमा बस्छु भन्दै धम्काउने कार्य गरेको छ ।’