काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिन अघि प्रधानमन्त्रीबाट बर्खास्तीमा परे । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदच्युत भएका ओली यतिबेला ‘पूर्वप्रधानमन्त्री’को हैसियतमा पुगेका छन् ।
समान्यतया पूर्व प्रधानमन्त्री वा पार्टी अध्यक्षले राष्ट्रपतिको तस्विर राख्ने गर्दैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको झण्डा र बुद्धको मुर्ति आफूसँगै राखेका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भेटघाटमा बुढानिलकण्ठस्थित निवासमा कुनै झण्डा राख्ने गर्दैनन् । तर, प्रधानमन्त्रीबाट हटेपनि केपी शर्मा ओलीले भने आफूसँगै राष्ट्रपति विद्यादेवि भण्डारीको तस्विर सँगै राखेका छन् । उनले बालकोटस्थित आफ्नो निवासको भेटघाट कक्षमा आफ्नो सोफा सँगै राष्ट्रपति विद्यादेवि भण्डारीको तस्विर राखेका हुन् ।
राष्ट्रपति भण्डारीले केपी शर्मा ओलीलाई असंवैधानिक रुपमा प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ती बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई १ सय ४६ जना सांसदको हस्ताक्षर रहेको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि प्रधानमन्त्री नियुक्त भएका देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहणमा संविधानको धारा नै उल्लेख नगरि प्रधानमन्त्रीमा नियुक्त भएको बक्तब्य जारी गरेकी थिइन् । तत्कालिन प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी गर्ने गरिन्छ ।
सरकारी कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर राख्ने प्रचलन छ । तर, पार्टी अध्यक्ष तथा नेताहरुले भने आफ्नो निवासमा राष्ट्रपतिको तस्विर राख्ने गरेका छैनन् ।