आजैदेखि लामो दूरीको सवारी साधन खुला : यस्तो छ सिडिओको निर्देशन (पत्रसहित)

दियो पोस्ट  

काठमाडौं, ८ साउन । उपत्यका भित्रने लामो दुरीका सवारी साधनलाई आजैदेखि आवात जावत खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज सरोकारवालाहरु बीचको छलफलले यस्तो निर्णय लिएको हो ।


छलफलपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको साउन ४ को निर्णय अनुसार सबै सवारी साधनलाई उपत्यकामा भित्रन दिने निर्णय गरेको हो ।

विश्व विद्यालय तथा लोकसेवा आयोगले परिक्षा तालिका सार्वजनिक गरेको भन्दै सर्वसाधरणलाई आवात जावत गर्न सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयले लामो दूरीको सार्वजनिक यातयात आवातजावत खोल्ने निर्णय लिएको हो । लामो तथा छोटो दूरीका सबै सवारी साधनले जनस्वास्थय मापदण्ड भने पालना गर्नुपर्नेछ ।