भारतको मणिपुरमा २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

दियो पोस्ट  

काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए ।

सम्बन्धित खबर