भारतमा संक्रामक देखिएको भेरिएन्ट ‘बीए.५’ नेपालमा पनि भेटियो

दियो पोस्ट  

काठमाडौं । कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि भेटिएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो ।
केही दिन यता नेपालमा फेरि दिन प्रतिदिन कोभिड संक्रमण बढ्दै गएको छ ।

छिमेकी देश भारतमा कोरोनाको ‘बीए.४’ र ‘बीए.५’ सब–भेरिएन्ट निकै संक्रामक देखिएको छ । भाइरसको यो उपप्रजातिका असरहरूका सम्बन्धमा अझै अध्ययन भइरहेका छन् ।

सम्बन्धित खबर