काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।
आक्रमणकारीले उनलाई पछाडिबाट दुईवटा गोली हानेपछि सिन्जो आबे भुइँमा खसेका थिए र उनको शरीरबाट रगत बगिरहेको देखिएको थियो। यो पूरै घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।
समाचार एजेन्सी एपीले एक जापानी अधिकारीलाई उद्धृत गर्दै पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेले आक्रमणपछि सास फेर्न नसकेको बताए। एयरलिफ्ट गर्दा उनको मुटुको धड्कन पनि रोकिएको बताइएको छ । आक्रमणको खबर पाएलगत्तै जापानका प्रधानमन्त्री फुमियो किशिदा र अन्य क्याबिनेट मन्त्रीहरू टोकियो फर्किएका छन्।