माओवादीसँगको सम्बन्धको आरोपमा जेलमा रहेका पत्रकार रुपेश कुमार विरुद्ध थप दुई मुद्दा दर्ता

- सुमेधा पाल  

अनुवादः खुमा ओली

झारखण्डका स्वतन्त्र पत्रकार रुपेश कुमार सिंह माओवादीसँगको सम्बन्धको आरोपमा जेलमा छन् । उनीविरुद्ध थप दुई नयाँ मुद्दा दर्ता भएपछि उनका वकिल भन्छन्, ‘अल्ट न्युजका मोहम्मद जुबेरसँग पनि त्यस्तै भएको छ, जहाँ एकपछि अर्को मुद्दा दर्ता गरेर अभियुक्तलाई बिना सुनुवाई जेलमा राख्न सकिन्छ ।’

झारखण्डका स्वतन्त्र पत्रकार रुपेश कुमारका विरुद्ध दुई नयाँ मुद्दा दर्ता भएको छन् । रुपेश जुलाई १७ देखि जेलमा छन् । उनलाई गैरकानुनी गतिविधि रोकथाम (यूएपीए) र भारतीय दण्ड संहिता (आईपीसी) को विभिन्न धारा अन्तर्गत दर्ता गरिएको अर्काे मुद्दामा पक्राउ गरिएको थियो ।

ताजा दुई मुद्दाहरु मध्ये एउटा झारखण्डको बोकारो जिल्लाको जागेश्वर पुलिस स्टेशनमा जुन ३० मा “अज्ञात व्यक्तिहरु”विरुद्ध दर्ता गरिएको एफआईआरमा आधारित छ । दोस्रो मुद्दा अप्रिल २६ मा बिहारको रोहतासमा दर्ता भएको एफआईआरसँग सम्बन्धित छ । जसलाई राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले हेरिरहेको छ ।

रुपेशका वकिलका अनुसार जागेश्वर प्रहरी चौकीमा दर्ता भएको मुद्दामा रुपेशलाई अगस्ट ११ मा बोकोरामा हाजिर हुन भनिएपछि उनलाई दुवै घटनाबारे थाहा भएको थियो ।

राज्य विरुद्ध माओवादी गतिविधि सन्चालन गरेको आरोप लागेका सात अभियुक्तहरु मध्ये बोकारो मुद्दासँग सम्बन्धित एफआईआरमा रुपेशको नाम छैन । यद्यपि एफआइआरमा अज्ञात व्यक्ति पनि उल्लेख भएकाले उनलाई प्रहरीसमक्ष उपस्थित हुन भनिएको थियो ।

एफआईआरले आईपीसीको धारा १४७, १४८,१४९, ३०७ र ३५३ अन्तर्गत आरोपहरु समेट्छ । जसमा घातक हतियार राख्ने, गैरकानुनी सभाको हिस्सा बन्ने, हत्याको प्रयास र सार्वजनिक सेवकलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्नका लागि आक्रमण गर्नेसँग सम्बन्धित छ ।

अन्य आरोपहरूमा विस्फोटक पदार्थ ऐनको दफा ४ (विष्फोट गर्ने प्रयास वा जीवन वा सम्पत्तिलाई खतरामा पार्ने उद्देश्यले विस्फोटक पदार्थ बनाउने वा राख्ने), धारा ५(शङ्कास्पद अवस्थामा विस्फोटक पदार्थ बनाउने वा राख्ने), हतियार ऐनको धारा २७ (हतियारको प्रयोग)यूएपीएको धारा १० (गैरकानूनी संगठनको सदस्य हुनु) र १३(गैरकानूनी गतिविधिहरूमा संलग्न) र फौजदारी कानून संशोधन ऐनको धारा १७(गैरकानूनी गतिविधिहरू) समावेश छन् ।

अर्काे नयाँ मुद्दा जँहा एनआईएले अनुसन्धान गरिरहेको छ । बिहारको रोहतास पुलिसले अप्रिल २६ मा दर्ता गरेको थियो ।
प्रतिबन्धित माओवादी पार्टीका शीर्ष नेतृत्व र यसका कार्यकर्ताले स्थानीय तहमा कर उठाएर नयाँ कार्यकर्ता भर्ना गरिहेको प्रहरीलाई अप्रिल १२ मा विश्वासनीय सूचना प्राप्त भएको एफआईआरमा उल्लेख छ ।

यसमा अगाडि भनिएको छ , बिहार र झारखण्ड राज्यामा सीपीआई (माओवादी) पार्टीका गतिविधिलाई प्रचार गर्न र कार्यकर्ता भर्ती गर्नका लागि स्थानीय प्रहरीले नक्सलवादी साहित्य बरामद गरेको छ ।

एफआईआरमा आईपीसीको धारा १२१(ए) (भारत सरकार विरुद्ध युद्ध), १२२ ए (युद्ध गर्न हतियार जम्मा गन) १२४ (देशद्रोह), १२० (बी) (अपराधिक षड्यन्त्र) र २४ (बेमानी) समावेश छ । एफआईआरमा यूएपीएको विभिन्न खण्डहरुमा पनि आह्वान गरिएको छ ।
भाकपा (माओवादी) कमिटी सदस्य विजयकुमार आर्यसहित अन्य सदस्यसहित रुपेशको पनि मुद्दामा नाम छ । बिहारको रोहतास जिल्लाको एजेन्सीहरुबाट एनआईएले यो विषयलाई लिएको छ ।

बिहार र झारखण्डबाट प्राप्त स्थानीय गुप्तचरको आधारमा एफआईआर दर्ता गरिएको हो । रुपेशकी श्रीमती इप्सा शताक्षीका अनुसार, रुपेशले जुलाई १७ मा गिरफ्तार हुनुअघि गत मे ५ मा पत्रकार साथीहरुसँग इमेलमार्फत भएको कुराकानीमा उनले अप्रिलमा उक्त घटना हुँदा आफू बिहारमा नभएको उल्लेख गरेका छन् । वीर साथिदार स्मृति समन्वय समितिको निमन्त्रणामा १२ – १३ अप्रिलमा आफू नागपुरमा भएको उनले बताए ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रुपेशले आफ्नो फेसबुक पेजमा पनि सेयर गरेका थिए र भोलिपल्ट जागरणमा कार्यक्रमको बारेमा एउटा लेख प्रकाशित गरिएको थियो ।

रुपेशलाई नरेन्द्र मोदी सरकारको आदेशमा एनआईएले गिरफ्तार गर्ने डर रुपेशलाई भएको उनकी श्रीमती सम्झन्छिन्।

विना सुनुवाई दोषी ठहरः रुपेशका वकिल

द वायरसँग कुरा गर्दै रुपेशका वकिल श्यामले भने, “अहिले रुपेशविरुद्ध चारवाटा मुद्दा चलिरहेका छन् ।” प्रहरी आरोपपत्र दायार गर्न नसकेपछि उनले २०१९ को मुद्दामा गया प्रहरीबाट सफाइ पाएका छन् । किनकी प्रहरीले आरोपपत्र दायर गर्न सकेको छैन् । उनीविरुद्ध तीनवटा मुद्दा विचाराधिन छन् ।

रुपेश विरुद्धको मुद्दाको यस ढाँचाबाट हामीले बुझेका कुरा के हो भने यो दिल्ली दंगा षड्यन्त्र मुद्दामा पक्राउ परेका र हालै पत्रकार मोहम्मद जुबैर पक्राउ परेकाहरू जस्तै मुद्दा बिना नै सजाय सुनाउने ढाँचा हो।
उनले भने, अर्को ढाँचा अवलोकन गरिएको छ जहाँ मुद्दाहरुमा अपरिचित व्यक्तिहरू थपिएको छ, जसले गर्दा जब केहि हुन्छ मानिसहरूलाई ती अपरिचित व्यक्तिहरू हुन् भनेर फसाइन्छ ।”

रुपेशलाई झारखण्ड प्रहरीले जुलाई १७ मा एफआईआरको सम्बन्धमा गिरफ्तार गरेको थियो । जसमा भाकपा (माओवादी) का शीर्ष नेता प्रशन्त बोस (उर्फ किशन दा) को नाम पनि समावेश थियो ।

उनलाई गत १७ जुलाईमा पक्राउ गर्नु अघि सन् २०१९ जुनमा माओवादीसँगको सम्बन्धको आरोपमा पक्राउ गरेको थियो। तर, गया प्रहरीले उक्त मुद्दामा आरोपपत्र पेश गर्न असफल भएपछि रुपेशले डिसेम्बर २०१९ मा सफाई पाएका थिए।

द वायरसँग कुराकानी गर्दै शताक्षीले भनिन्, “रुपेशलाई लामो समयसम्म जेल राख्ने कोशिस गरिएको निश्चित छ । १४ दिनभित्र रुपेशविरुद्ध यी मुद्दा दर्ता भएका हुन् । विचार यहाँ स्पष्ट छ, पूँजीपतिहरुका लागि उनीहरुले कुनै प्रश्न वा आलोचना नगरी आफ्ना गतिविधिहरु अघि बढाउने बाटो खोल्न सकून् । ”

यसअघि रुपेशलाई कारागारमा आइसोलेसनमा राखिएको थियो र जेल नियमावली अनुसार खाना पनि दिइएको थिएन । उनले आफुलाई कोठरीबाट कारागारमा सारेर स्टेशनरी र उचित खाना उपलब्ध गराउन माग गरेका थिए ।

यसका लागि कारागार प्रशासनले आफूलाई अस्वीकार गरेको आरोप लगाएपछि उनले आफ्ना माग पूरा नभए अगस्ट १५ सम्म अनशन बस्ने बताएका थिए ।

द वायरबाट