युएईद्वारा विश्व क्रिकेटमा सनसनी

Anu khatri  

एसियाली राष्ट्र युएईले विश्व क्रिकेटमा सनसनी मच्याएको छ ।

क्रिकेटको एसोसियट राष्ट्र युएईले टी २० मा बलियो टेस्ट टाेली न्युजिल्याण्डलाई पराजित गरेर सनसनी मच्याएको हो ।

युएई भ्रमणमा रहेको न्युजिल्याण्ड दोस्रो खेलमा युएईसँग ७ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डले २० ओभरमा ८ विकेट क्षतिमा १४२ रन मात्रै बनाएको थियो । तर जवाफी सामान्य लक्ष्य युएईले १५.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै बलियो टोलीविरुद्ध सनसनीपूर्ण जीत निकालेको हो ।

पहिलो खेलमा पनि युएई जीतनजिक पुगेर १९ रनले पराजित हुन पुगेको थियो ।

बलियो टोलीविरुद्ध जीत निकाल्न युएईका लागि बलिङमा आयान खानले ३ र महम्मद जवादुल्लाहले २ विकेट लिए ।

ब्याटिङतर्फ कप्तान महम्मद वासिमले ५५ र आशिफ खानले २९ बलमा नटआउट ४८ रनको महत्वपूर्ण रन बनाउँदा टिम ऐतिहासिक जीत  निकाल्न सफल भयाे ।

युएईको महत्वपूर्ण जीतसँगै सिरिजमा १–१ को बराबरी भएको छ । २० अगस्टमा निर्णायक अन्तिम खेल हुनेछ ।

सम्बन्धित खबर