यस्तो पनि !

  ‘ किसिङ स्टोन’ भत्किने चिन्ता

दियो पोस्ट  

काठमाडौं । सन् १८३५ मा चर्चित वैज्ञानिक चाल्र्स डार्बिन इक्वेडरको एउटा टापुमा पुग्दा प्रकृतिले बनाएको एउटा मनोहर आर्क –स्तम्भछेउ पहिलो पटक टक्न अभिएका थिए । डार्बिन चर्चित भएपछि सो स्तम्भलाई ‘डार्बिन्स आर्क’ नामकरण गरियो । सन् २०२१ मे महिनामा प्राकृतिक कारणले डार्बिन्स आर्कको माथिको भाग पहिरो गयो । अर्धवृत्तीय भाग भत्एिर दुईवटा स्तम्भ बन्न पुग्यो । डार्बिनले त्यहीँ चाराहरुका विविध प्रजातिको अध्ययन गरेपछि जातिहरुको उत्पत्तिको सिद्धान्त’ मा प्रस्ट हुने मौका पाएका थिए । पछि यही भ्रमणका आधारमा उनले पुस्तक पनि लेखे र विश्व चर्चित बने । डार्बिन त्यहाँ उभिएका थिए भन्ने कुराले मात्रै पनि त्यो क्षेत्र इक्वेडरको प्रमुख पर्यटकीय स्थल बन्यो । हार्क भत्एिपछि स्तम्भ मात्रै हेर्न पनि अचेल पर्यटकहरु पुग्ने गरेका छन् ।

यस्ता अनौठा ठाँउ संसारको विभिन्न स्थानमा भए पनि भियतमाको ‘किसिङ रक्स पनि उत्तिकै चर्चित थलो हो । टाढाबाट हेर्दा दुई ढुंगाले एकअर्कालाई चुम्बन गरे जस्तो भान पार्ने यी ढुंगा अबका केही वर्षपछि नरहने सम्भावना बढेर गएको छ । पर्यटकहरुको ओइरोका कारण किसिङ रक्समा पहिरो जनो क्रम तीव्र भएकोमा सरकार चिन्तित हुन थालेको छ ।

कोरोनाको प्रकोपअघि सन् २०१९ मा मात्र यो किसिङ रक्स हेर्न ४० लाख पर्यटन पुगेका थिए । समुद्रिक जल स्तर बढ्दा र माछा मार्ने साना जहाजहर यी ढुंगाको अत्यन्तै नजिक जाँदा क्रमशः पहिरो जान थालेको भियतनामको इन्स्टिच्युट अफ जियोसाइन्स एन्ड मिनरल रिसोर्सेजले जनाएको छ । पहिले त ससाना चोइटा निस्कन्थे, पछिल्लो समय भने यस्ता चोइटा निस्कने क्रम तीव्र हुन थालेकामा वातावरणविद्हरुले चिन्ता व्यक्त गर्न थालेका छन् । यसका लागि सरकारले ‘किसिङ रक्स’ छेउछाउ नाउहरु लैजाँदा बढीमा १० किमिको गतिमा लैजानुपर्ने जस्ता नियम लगाएको छ । यसका बाबजुद पनि पहिरो जान नछाडेपछि वातावरणविद् र सरकार स्वयंको चिन्ता बढेर गएको हो ।

आजको नागरिक दैनिकमा खबर छ ।