एनबीएफए र मित्रश्री भ्याली पब्लिक फुटसलको फाइनलमा, आज उपाधिका लागि भिड्दै

दियोपोस्ट संवाददाता

काठमाडौं । एनबीएफए र मित्रश्री पाठशाला पाँचौँ भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । सोमबार बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित आयोजक भ्याली पब्लिकमा भएको सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गरेको हो । 

एनबीएफएका आरुष दाहालले २ गोल गरेका थिए । डाफोडिलका जेभिसले सान्त्वना गोल गरेका थिए ।

त्यस्तै अर्को सेमिफाइनलमा मित्रश्रीले ब्रम्हकुञ्जलाई ३-२ गोलले हराका थिए । मित्रश्रीका रिसबले २ गोल गरेका थिए । ब्रम्हकुञ्जका सत्यम र आयुशले समान १–१ गोल गरेका थिए ।

यु–१६ ब्वाइजमा एलआरआई र निम्स सेमिफाइनलमा पुगेका छन् । एलआरआईले डाफोडिललाई ३-० गोलले पाखा लगायो भने एलआरआईका आशुतोषले २ तथा दिक्षान्तले १ गोल गरेका थिए । निम्सले रिब्सलाई २-० गोलले पाखा लगायो । निम्सका करणले २ गोल गरेका थिए । फाइनल प्रतियोगिता भने (मंगलबार) आज हुँदैछ ।

सिफारिस