सिड्नी अदालतमा एक नेपाली युवती दोषी ठहर, ८० वर्षीय वृद्धामाथि हात हालेको आरोप

Diyo post  

एजेन्सी । एक वृद्धा माथि हातपात गरेको आरोपमा सिड्नी स्थित एक अदालतले अनिता प्रजापतिलाई दोषी ठहर गरेको छ । उत्तरी सिड्नी स्थित एक एज्ड केयरमा कार्यरत रहेकी नेपाली पृष्ठभूमिकी अनिता प्रजापतिलाई ८० वर्षीय एक महिलाको मुखमा ‘ओसिलो रुमाल’ कोचेको आरोपमा म्यान्ली स्थानीय अदालतद्वारा दोषी ठहर गरिएको हो ।

गत वर्षको नोभेम्बर महिनामा नर्दर्न बीचेसको नेराबीन स्थित आरएसएल लाइफ केयर नामक एज्ड केयरमा डिमेंशिया भएको उक्त महिला माथि हातपात गरेको पनि प्रजापति माथि आरोप लागेको थियो। सोमबार म्यान्ली अदालतमा न्यायाधीश मिशेल गुडविन समक्ष बयान दिने क्रममा प्रजापति निर्दोष रहेको उनको वकिलले बताएका थिए।

सम्बन्धित खबर