काठमाडौँ, भदौ १३ । स्पेनिस लालिगामा शुक्रबार राति सेभिल्ला र सेल्टा भिगोबिच खेल हुने भएको छ । नेपाली समयअनुसार खेल राति पौने १२ बजेबाट शुरु हुनेछ ।
रातिको दोस्रो खेल एथ्लेटिको बिल्बाओ र रियल सोसिडेडबिच भोलि राति पौने २ बजे हुने छ ।
जारि सिजनमा २ खेल खेलेको सेभिल्लाले दुबै खेलमा जित हाँसिल गरेको छ भने सेल्टा भिगोले एक खेल जित र एक खेलमा हार ब्यहोरेको छ ।
जारि सिजनमा सेभिल्ला शीर्षस्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा क्रमश एथ्लेटिको मेड्रिड र रियल मड्रिड रहेका छन् ।