काठमाडौं, २९ साउन । नेपाल आयल निगमका वर्तमान नेतृत्वका कारण निगमलाई करोडौं रुपैयाँ घाटा लाग्ने भएको छ ।
निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले हवाई व्यापारीलाई उधारोमा तेल दिने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेको पाइएको छ । जसका कारण निगमले यसअघि उठाउँदै आएको करोडौं रुपैयाँ गुम्ने भएको छ ।
यसरी बैंक ज्ञारेन्टी मात्रै लिँदा निगमलाई करोडौं घाटा हुन्छ । त्यति मात्रै होइन एयरलाइन्सहरुले बद्मासी गर्न सक्छन्,’ आयल निगमकै एक उच्च अधिकारीले भने,‘एयरलाइन्स सञ्चालकहरुले यसअघि पनि पटक पटक बैंक ज्ञारेन्टीका लागि दबाव दिएका थिए । यसअघिका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई समेत दबाव नदिएका होइनन् तर, मन्त्री यादवले निगमलाई करोडौं घाटा लाग्ने कारण देखाउँदै अनुमति दिनु भएको थिएन । हालको मन्त्री आउने वित्तिकै यो स्वीकृत भएको हो ।’
नीजि वायु सेवा सञ्चालकहरुले यसअघि २१ हजार लिटर बराबरको इन्धनको धरौटी रकम अग्रिम रुपमा बुझाउँर्दै आएका थिए । आयल निगमले सोही पैसा बैंकमा राखेर ब्याज लिँदै आएको थियो ।
अग्रिम रुपमा इन्धनको मुल्य लिएपछि निगमको इन्धनको सुरक्षण समेत हुँदै आएको थिया । तर, पौडेल नियुक्त भएर आएपछि उनले हवाई माफियाको योजना अनुसार नै निगमले उधारोमा तेल दिने भएको हो ।
यसअघि निगमको खातामा एयरलाइन्सहरुले अग्रिम रुपमा नगद भुक्तानी गर्दै आएकोमा आगामी दिनमा बैंक ग्यारेन्टी मात्रै भए पुग्छ ।
‘यसरी बैंक ज्ञारेन्टी मात्रै लिँदा निगमलाई करोडौं घाटा हुन्छ । त्यति मात्रै होइन एयरलाइन्सहरुले बद्मासी गर्न सक्छन्,’ आयल निगमकै एक उच्च अधिकारीले भने,‘एयरलाइन्स सञ्चालकहरुले यसअघि पनि पटक पटक बैंक ज्ञारेन्टीका लागि दबाव दिएका थिए । यसअघिका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई समेत दबाव नदिएका होइनन् तर, मन्त्री यादवले निगमलाई करोडौं घाटा लाग्ने कारण देखाउँदै अनुमति दिनु भएको थिएन । हालको मन्त्री आउने वित्तिकै यो स्वीकृत भएको हो ।’
बुद्ध एयर प्रा.लीका सञ्चालक विरेन्द्र बाबु बस्नेतले निगमलाई सम्बोधन गर्दै धरौटी रकमको सट्टा बैंक ज्ञारेन्टीको भरमा इन्धन उपलब्ध गराउन माग गरेका हुन् । आयल निगममा उनले गत वर्ष असार २९ गते निवेदन दिएको पाइएको छ । उनले निगममा धरौटी रकमको सट्टा बैंक ज्ञारेन्टी स्वीकार गरिदिए आभारी हुन्थेँ भन्दै निवेदन दिएका छन् । उनको निवेदनलाई निगमले असार ३१ गते नै प्रक्रियामा अगाडी बढाएको पाइएको छ ।
निगम सञ्चालक समितिले हवाई माफियालाई फाइदा हुनेगरी केही महिनाअघि यस्तो निर्णय गरेको खुलेको हो ।
दियोपोस्टले प्राप्त गरेको सञ्चालक समितिको निर्णय अनुसार आगामी दिनमा सबै एयरलाइन्सले बैंक ज्ञारेन्टी मात्रै बुझाए हुन्छ ।
एयरलाइन्स सञ्चालकहरुले आयल निगमलाई लिखित रुपमै निवेदन दिएको समेत पाइएको छ । भारतीय आयल निगमको हवाला दिएर नेपालका केही एयरलाइन्स सञ्चालकहरुले नेपाल आयल निगमलाई धरौटी रकम नबुझाउने भन्दै निवेदन दिएको पाइएको छ ।
बुद्ध एयर प्रा.लीका सञ्चालक विरेन्द्र बाबु बस्नेतले निगमलाई सम्बोधन गर्दै धरौटी रकमको सट्टा बैंक ज्ञारेन्टीको भरमा इन्धन उपलब्ध गराउन माग गरेका हुन् । आयल निगममा उनले गत वर्ष असार २९ गते निवेदन दिएको पाइएको छ । उनले निगममा धरौटी रकमको सट्टा बैंक ज्ञारेन्टी स्वीकार गरिदिए आभारी हुन्थेँ भन्दै निवेदन दिएका छन् । उनको निवेदनलाई निगमले असार ३१ गते नै प्रक्रियामा अगाडी बढाएको पाइएको छ ।
स्रोतका अनुसार धरौटी रकमबाट निगमलाई पछाडी हटाउन हवाई माफियाको रुपमा परिचित सिम्रिक एयरका मालिक रामेश्वर थापाको समेत ठूलो भूमिका छ । थापाकै सेटिङमा आयल निगमको प्रबन्ध निर्देशक बनेका पौडेलले माफिया व्यापारीलाई पोस्न यस्तो नीति लिएको स्रोत बताउँछ ।
आयल निगमको सर्वोच्च निकायमा बसेका पूर्व एक अधिकारीले हालै निगमले यसरी एयरलाइन्स सञ्चालकलाई बिना धरौटी उधारोमा इन्धन दिने निर्णय गर्दा निगमलाई मासिक करोडौं घाटा लाग्छ ।
‘निगमलाई घाटा पुर्याउने निर्णय सञ्चालक समितिबाट गराएर हालका कार्यकारी निर्देशकले गम्भिर गल्ती गरे,’ ती उच्च अधिकारी भन्छन्,‘यसले निगमलाई दिर्घकालिन रुपमा असर त गर्छ नै निगमले दिने इन्धनको सुरक्षण हुँदैन । कस्मिक एयर लगायत एयरलाइन्सले हालसम्म पनि निगमको बक्यौता तिरेका छैनन् । यस्ता घटना बढेर जान्छ । उधारोमा तेल दिएर निगम नै डुबाउने खेल भइरहेको छ ।’
आयल निगम र आन्तरिक बायुसेवा सञ्चालकहरुबीच इन्धन आपूर्ति सम्झौता अनुसार आगामी २१ दिनको खपत परिमाण बराबर अग्रिम नगद धरौटी राखेपछि मात्रै हवाई इन्धन उपलब्ध गराउने प्रचलन थियो ।
तर आगामी दिनमा भने निगमलाई एयरलाइन्स सञ्चालकहरुले धरौटी रकमको सट्टा आगामी ४५ दिनमा खपत हुने परिमाण बराबरको रकमको नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंकबाट जारी भएको बैंक जमानत भए पुग्छ ।
यस विषयमा प्रतिक्रिया लिन आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।