भारतीय रक्षामन्त्री सिंह रुस भ्रमणमा जाँदै

दियो पोस्ट  

मस्को, १३ भदौ । भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका छन् । उनले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको जनाएका हुन् ।

उनले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरु आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको भारतीय दूतावासले आज ट्वीटमार्फत जानकारी गराएका छन् ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता अर्थात सेप्टेम्बर ४ देखि ६ तारिखसम्म रुसको भ्रमणमा जानेछन् ।

मस्कोमा आगामी हप्ता सांघाई कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ । सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरुको सहभागिता रहने छ । सोही बैठकमा सहभागी हुन भारतीय रक्षामन्त्री सिंह पनि त्यसतर्फ जान लागेको रुसस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।