वीर अस्पतालको १५ करोडको ठेक्का अनियमिततामा मुछिएपछि डा. जागेश्वर गौतम बर्खास्त !

दियो पोस्ट  

काठमाडौं, १८ साउन । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका डा. जागेश्वर गौतम हटाइएका छन् । अस्पतालमा आएदेखि नै आफ्नो व्यावसायीक साझेदारलाई १५ करोडभन्दा बढी ठेक्का दिलाएर विवादमा आएका गौतमलाई स्वास्थ्य मन्त्रालयले हटाएको हो ।
भएको दिनदेखी नै डा गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका थिए।

डा. गौतमले कर्मचारीमाथि कुटपीट समेत गराएका थिए । प्रहरी लगाएर उनले कुटपीट गराएको पाइएको थियो ।

डा गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो।

उनलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । उनले वीर अस्पतालको १५ करोड बराबरको ठेक्का आफ्नै व्यावसायीक साझेदार सुन्दरलाल भुषाललाई दिएका थिए । डा. गौतमले वीर अस्पतालमा गरेको भ्रष्टाचारको फेहरिस्त दियोपोस्ट डटकमले खुलाशा गरेको थियो ।

वीर अस्पतालको ठेक्कामा डा.जागेश्वरको ‘लुट’ : ठेकेदार नै ‘पार्टनर’ भएको प्रमाण भेटियो

वीर अस्पतालमा सतर्कता केन्द्रको छापा : १५ करोड भ्रष्टाचारको आशंकामा कागजात जफत !