कुलमान विरुद्धको मुद्दामा आएन अन्तरिम आदेश, सक्कल फाइल झिकाउन आदेश !

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र ०८, २०७८ | १९:०४:०४

काठमाडौँ, ८ भदौ – कुलमान घिसिङ विरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध शाक्ले रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सक्कल फाइल झिकाउन आदेश दिएको हो । शाक्यले अन्तरिम आदेश माग गर्दै घिसिङको नियुक्ती बदरको माग गरेका थिए ।

सरकारले प्राधिकारणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लैजाने गरी घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

स्रोतका अनुसार शाक्यलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली उक्साएर मुद्दा हाल्न पुगेका थिए ।

सम्बन्धित खबर