यी हुन् भगौडा राष्ट्रपति असरफ गानीकी छोरी : अमेरिकामा ५० लाख डलरको फ्ल्याटमा बस्छिन् !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०९, २०७८ | २३:५९:४३

एजेन्सी- तालिबानको कब्जापछि अफगानिस्तानबाट पलायन भएका राष्ट्रपति असरफ गानीकी छोरी न्युयोर्कमा आरामले घुमफिर गरिरहेको अवस्थामा देखा परेकी छन् । उता काबुल फसेकाहरुलाई संघर्षरत् रूपमा फिर्ता ल्याउने काम अझै जारी छ । मंगलबारसम्म ७९२ जना नेपाली सकुशल नेपाल फर्किएको सरकारी तथ्यांक छ । 

भिजुअल आर्टिस्ट एवं  फिल्म निर्माता ४२ वर्षीया मरियम गानी आफ्नो ब्रुकलिन माउन्टमा बोहेमियन जीवनशैलीको आनन्द लिँदैछिन जबकी अफगानिस्तानका महिला एवं बालबालिकाहरू बन्दुकको नालको बलमा शासन सत्ता हत्याएको सत्ता तालिबान कठोर नियमहरूको बन्धकमा दैनिकोपार्जन गर्न बाध्य छन् । 

तालिबान हमलापछि देश र जनतालाई छाडेर भागेका र हाल यूएईमा शरण लिइरहेका आफ्ना पिताबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

गानी आइतबार आफ्ना नजिकी स्टाफसँग राष्ट्रपति भवनबाट बाहिरिएका थिए । काबुलस्थित रुसी दूतावासका अनुसार उनी चार वटा गाडी र पैसाले भरिएको हेलिकप्टर लिएर भागेका थिए । तर, यसबारेमा छोरी मरियमले मिडियालाई प्रतिक्रिया दिन अस्वीकार गरेकी छन् । ब्रुकलिनमै जन्मिएकी र मेरिल्यान्डमा हुर्किएकी मरियमले आफ्नो पितासँग सम्पर्क गरे नगरेको स्पष्ट हुन सकेको छैन ।

७२ वर्षीय गानीले केही दिनअगाडी एक भिडियोमार्फत आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ठूलो दुर्घटनाबाट बचाउन देश छाडेको बताएका थिए । उनले भनेका थिए, ‘रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु । हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु ।’ फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो पूर्ण रूपमा आधारहीन झुट भएको भन्दै अस्वीकार समेत गरेका थिए ।

यसअघि आफ्नो इन्स्टाग्राम पोस्टमा छोरी मरियमले सोमबारका सबै घटनाले आफूलाई एकदमै आक्रोशित बनाएको र अफगानिस्तानमा छाडिएका परिवार, साथीभाइ र सहकर्मीका लागि प्रार्थना गरिरहेको भनेर लेखेकी थिइन् । उनले आफ्ना पितालाई सधैं अद्भुत् र उल्लेखनीय व्यक्ति भनेर व्याख्या गर्दै आएकी छन् ।

https://www.instagram.com/p/CSp_j1BHi0t/?utm_source=ig_embed&ig_rid=abfe5ce3-d9da-4be7-b3c9-6cfa2c448e9e

२००२ मा पिता अफगान सरकारका लागि काम गर्न थाल्दा मरियम अमेरिकामै आफ्नो भविष्य बनाइरहेकी थिइन् । उनले न्युयोर्क युनिभर्सिटीमा अध्ययन पूरा गरेकी हुन् । उनका कामहरु विश्वका केही सर्वाधिक प्रतिष्ठित म्युजियममा प्रदर्शन गरिएको छ ।

उनको पहिलो फिचर डक्युमेन्ट्री ‘ह्वाट वी लेफ्ट अनफिनिस्ड’ निर्माण गर्न सुरु गरिएको तर अफगानिस्तानमा कम्युनिस्टको युगपछि त्यसै छाड्नु परेका पाँच वटा फिल्मका बारेमा रहेको छ र अहिले पनि केही निश्चित थिएटरहरुमा प्रशारण भइरहेको छ । मरियमले २००२ सम्म अफगानिस्तान भ्रमण गर्न पाएकी थिइनन् ।

यसअघि न्युयोर्क टाइम्ससँग कुरा गर्दा उनले मानिसहरुले आफ्नो परिवारसँगको सम्बन्धभन्दा आफ्नो कामलाई हेरुन् भन्ने चाहेको बताएकी थिइन् । न्युयोर्कमा जीवन सामान्य भए पनि अफगानिस्तानमा चाहिँ सुरक्षाका कारणले खुलेर घुमफिर गर्न नपाउने उनले त्यस बेलाको अन्तर्वार्तामा बताएकी थिइन् । उनी कामका लागि अफगानिस्तान जाँदा काबुलमा केही कक्षा पनि पढाएकी थिइन् । त्यस समय उनले त्यहाँका महिला कलाकारहरुलाई नियुक्त गरेकी थिइन् । 

सम्बन्धित खबर