आयल निगममा पूर्वमन्त्री लेखराज भट्टका कार्यकर्ताको रजाइँ : विज्ञको नाममा अयोग्यलाई नियुक्ती !

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र १०, २०७८ | १६:५३:०९

काठमाडौं, १० भदौ । मन्त्रीमा बहाल रहँदा नेपाल आयल निगमको गाडीमा रजाइँ गरेका लेखराज भट्टले आफ्ना आसेपासे र कार्यकर्तालाई आयल निगमको विज्ञ पदमा नियुक्त गरेको पाइएको छ ।


योग्यता र विज्ञता नै नभएका भट्टका कार्यकर्ता बुढीनन्दा नगरपालिका ५ बाजुरा घर भएका सहदेव बोगटीलाई नियुक्ती दिएको पाइएको हो । भट्टले गत वर्ष २०७७ माघ ११ मा आफू मन्त्री रहेको बेला पेट्रोलियम क्षेत्रको विज्ञको रुपमा नियुक्त दिएका हुन् ।

उनलाई आयल निगमको वेभसाइटमा ‘विज्ञ बोर्ड सदस्य’को रुपमा देखाइएको छ ।


उनले मन्त्रालयमा पेश गरेको बायोडाटामा कति अध्ययन गरेका हुन् भन्ने समेत खलाएका छैनन् । निगममा विज्ञ भएर आउन सो सम्बन्धमा विज्ञता हासिल गरेको हुनुपर्ने भएपनि नेता भट्टले तत्कालिन मन्त्री हुँदा निगमलाई कार्यकर्ता भर्ती केन्द्र बनाएका थिए ।

उनले नियुक्त गरेको बोगटी २०७५ माघ ६ मा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्य रहेको बायोडाटामा उल्लेख छ । २०६८ साल देखि २०७० सम्म भने उनले खप्तड क्षेत्र पर्यटकीय विकास समितिको अध्यक्ष रहेर काम गरेका थिए ।

इन्धनसम्बन्धी कुनै ज्ञान नै नभएका उनलाई भट्टले आफू अनुकुल आयल निगमलाई सञ्चालन गर्नका लागि पठाएका पात्र हुन् ।


विज्ञको रुपमा बैठकमा आइरहेका बोगटीले कुनै विज्ञता विनै प्रति बैठक ४ हजार रुपैयाँ भत्ता पाउने गरेका छन् ।
भट्टका तर्फबाट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नेकपा विभाजन उन्मुख रहेको बेला केन्द्रीय सदस्य समेत बनाएका थिए ।

सम्बन्धित खबर