रहेनन् भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तव

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन ०५, २०७९ | १२:२९:४८

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। विगत ४१ दिनदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवको आज निधन भएको हो ।

गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो, त्यसपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु श्रीवास्तवको निधनको खबर भारतमा शोकको लहर छाएको छ । विभिन्न कलाकार नेता र हजारौँ फ्यानहरुले राजुलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

सम्बन्धित खबर