चीनका पूर्वन्यायमन्त्री भ्रष्टाचार आरोपमा जेल, मृत्युदण्डलाई आजीवन कैदमा बदल्न आदेश

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन ०७, २०७९ | १७:१९:२४

काठमाडौं । चीनका पूर्वमन्त्री भ्रष्टाचार आरोपमा जेल परेका छन् । बीबीसीका अनुसार धेरै भ्रष्टाचारविरोधी अभियानमा सामेल भएका पूर्वन्यायमन्त्री फु झेन्झुआ घुस लिएको आरोपमा जेल परेका हुन् ।

फुले जुलाईमा आफ्नो गल्ती स्वीकारेका थिए । उनले ११ करोड ७० लाख युआनबराबरको उपहार र पैसा लिएको बताएका हुन् । बिहीबार चांग्चुनको एक अदालतले उनलाई दुई वर्षअघि पाएको मृत्युदण्डको सजायलाई आजीवन कैदमा बदल्ने आदेश गरेको बताइएको छ । शासन सम्हालिरहेको कम्युनिस्ट पार्टीले अर्को महिना सम्मेलन गर्नुअघि सरकारी अधिकारीहरुविरुद्ध कारबाही अगाडि बढाइरहेको छ । उक्त पार्टीले हरेक पाँच वर्षमा सम्मेलन आयोजना गर्छ । यो सम्मेलनमा राष्ट्रपति सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकाल दिने र शक्तिसम्पन्न बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर