काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को आयोजनामा विजया दशमी तथा शुभदिपावली र नेपाल सम्वत ११४३ तथा छठ पर्वको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा रक्तदान समेत आयोजना गरिएको थियो ।
आयोजकका अनुसार ५० जनाभन्दा बढीले रक्तदान गरेका थिए । वडा कार्यालय नागढुंगा प्रांगणमा आयोजत कार्यक्रममा माओवादी केन्द्रकी निवर्तमान सांसद अंजना विशंखे प्रमुख अतिथि थिइन् । त्यस्तै नेकपा एकीकृत समाजवादीकी निवर्तमान प्रदेश सभा सदस्य रमा आले मगर र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको विशेष आतिथ्यता थियो । वडाध्यक्ष भाईकृष्ण तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।