लम्पी स्किन खोप नक्कली भएको थप प्रमाण फेला : उत्पादक कम्पनिद्वारा पुष्टि !

दियो पोस्ट  

 

काठमाडौं । कान्तिपुर भेट डिस्टिब्युटर्सका मालिक ऋषी बडालले पशु सेवा विभागमा पेश गरेको नक्कली कागजातबारे थप तथ्य फेला परेको छ । उनले विभागमा पेश गरेको नक्कली कागजात प्रमाणित हुने तथ्य त दियोपोस्टले यसअघि नै एयु प्यान भ्याक मार्फत प्रमाणित गरिसकेको छ । तर, खोप उत्पादक कम्पनि हेस्टर बायोसाइन्सले विभिन्न नक्कली कागजात सामाजिक सञ्जालमा मार्फत दुष्प्रचार गरेको हुनाले यसलाई थप तथ्यले प्रमाणित गर्दैछौँ ।

विश्वभरका मुलुकमा पशुका लागि दिइने खोप विश्व पशु स्वास्थ्य संगठनको सहयोग केन्द्रका रुपमा स्थापित प्रयोगशालाबाट प्रमाणित भएको हुनुपर्छ । विश्व पशु स्वास्थ्य संगठनले यसरी स्थापित गरेको प्रयोगशालामध्ये अफ्रिकन युनियनले स्थापना गरेको एयु प्यान भ्याक नामक प्रयोगशाला ईथिओपियामा छ । सोही एयुको प्रमाणपत्र नक्कली रहेको तथ्यलाई एयु प्यान भ्याकले नै पुष्टि गरिसकेको छ । तर, आफ्नो गल्ती ढाक्न त्यसका संचालक ऋषी बडाल उत्पादक कम्पनिमार्फत दूष्प्रचार गरिरहेका छन् कान्तिपुरले विभागमा पेश गरेको एयुप्यान भ्याकको सर्टिफिकेट हामीले एयुका आधिकारीक प्रतिनिधिलाई भेरिफाई गराएका थियौँ । ती प्रतिनिधिले उक्त सर्टिफिकेट नक्कली रहेको जवाफ दिएका छन् ।

विभागमा कान्तिपुरले हेस्टर बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाह, तान्जानियाबाट उत्पादित खोप सर्टिफाइड भएको प्रमाण पेश गरेको छ ।

 

 

जसमा रिपोर्टको डिटेल क्युसिआर अर्थात क्वालिटी कन्ट्रोल रिपोर्ट २१०७ मा डिटेल रहेको बताइएको छ । तर, उक्त रिपोर्ट गायब छ । पशु सेवा विभागले खोप आयातका लागि प्राविधिक मापदण्ड (LSDHomogus Vaccine) (Neethling strain) न्युनतम (Tcid x103.5 )   हुनुपर्ने उल्लेख छ । यो मापदण्ड मात्रै होइन दियोपोस्टले सक्कली प्यान भ्याकको सर्टिफकेट समेत फेला पारेको छ । एयु प्यानभ्याकबाट प्राप्त सक्कली प्यानभ्याक प्रमाण पत्रमा माथि उल्लेखित सबै डिटेल उल्लेख छ । जसलाई तपाईंले तस्विरमा हेर्न सक्नुहुन्छ ।

लम्पी स्किन रोग विरुद्ध खोप प्रमाणित भएको सक्कली प्रमाण पत्र । दियोपोस्टकै आग्रहमा नमुनाका लागि प्यानभ्याकले सक्कली प्रमाण पत्र उपलब्ध गराएको हो । जुन कान्तिपुर भेट डिस्टिब्युटर्सले हालसम्म विभागमा पेश गरेको छैन । यस्ता प्रमाण पत्रका आधारमा मात्रै विभागले खोप आयातको अनुमति दिनुपर्ने हो ।

 

 

यता विभागले बनाएको सोही मापदण्डलाई पालना गरेको देखाउन कान्तिपुर भेटले तान्जानियाँको स्वास्थ्य मन्त्रालय मातहत रहेको मेडिसिन एण्ड मेडिकल डिभाइसेस (टिएमडिए)को कागजात समेत किर्ते गरेको आशंका छ । विभागले दियोपोस्टलाई उपलब्ध गराएको टिएमडिएको कागजात एउटा र त्यहीँ उल्लेख भएको क्युआरकोड मार्फत देखिने कागजात फरक छ । यो विषयमा प्रश्न गर्दा कम्पनिका मालिक ऋषी बडालले ठोस उत्तर दिन सकेका छैनन् । कागजमा नेम अफ प्रडक्ट अन्तर्गत कमन नेम भनेर लाइभ एचुनेटेड लम्पी स्किन डिजिज, स्ट्रेन निथलिङ्ग उल्लखे छ । तर, सोही कागजमा रहेको क्युआर गर्दा खुल्ने पेजमा निथलिङ्ग भन्ने शब्द नै देखिँदैन ।

 

न्तिपुर भेटले पेश गरेको सर्टिफिकेट

 

कान्तिपुर भेटले पेश गरेको सर्टिफिकेटमा भ्याक्सिनको नाम (एलएसडी लम्पी सिल्ड—एन) उल्लेख छ । जबकी यो जोभ्याक नामक कम्पनीले उत्पादन गरेको भ्याक्सिन हो । जोर्डन बायोईन्डस्ट्रिजले उत्पादन गदैै आएको छ । एयु प्यानभ्याकले उपलब्ध गराउने सक्कली प्रमाणपत्रमा क्युसिआर रिपोर्टकोे डिटेल हुने गरेको छ । तर, उनले पेश गरेका काजगजातमा क्युसिआरको रिपोर्ट नै गायब छ ।

कान्तिपुर भेटका मालिक ऋषी बडालले दियोपोस्टकर्मीलाई पठाएको एयुको कागजात तर, विभागले उल्लेख गरेको मापदण्ड यो कागजातमा छैन । तैपनि उनले आफूलाई प्रमाणित गर्ने कोशिस गर्दैछन् ।

 

‘एयु प्यानभ्याकले त्यस्तो प्रमाण पत्र दिने गरेको छैन । यो पनि नोट गर्नुहोला । हामीले दिने सर्टिफिकेटमा सबै डिटेल हुने गरेको छ,’ दियोपोस्टको प्रश्नको जवाफ दिँदै एयुप्यान भ्याकका प्रतिनिधि इथेल चित्संगोले भनेका छन्,‘जो यो रिपोर्टमा देखिएको छैन । यो सर्टिफिकेट आधिकारीक होइन ।’

त्यतिमात्रै होइन हेस्टरले दियोपोस्टलाई ईमेल मार्फत पठाएको कागजातमा पनि विभागले उल्लेख गरेको कुनै पनि मापदण्ड अनुसारको प्रमाण छैन ।

 

नेपालमा ८ लाख डोजभन्दा बढी खोप आयात गरेको थियो । उक्त खोपको कागजात नै शंकाष्पद र नक्कली रहेको विषयमा दियोपोस्टले खुलाशा गरेको थियो ।

 

यो भाइरसका कारण नेपालमा अर्बाैको क्षति भएको छ । विभिन्न मुलुक हुँदै पूर्वी नेपालमा देखिएको यो रोग पछि देशका ७७ वटै जिल्लामा फैलियो । यो रोगका कारण नेपालमा हजारौं पशुहरु मरे भने, अहिले पनि करिब १ लाख पशु संक्रमित छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले करिब एक महिनाअघि सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म ४७ हजार ६ सय ४९ पशुको मृत्यु भइसकेको छ । अहिलेसम्म आउँदा उक्त संख्या बढेको देखिन्छ ।
नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित हुँदा ६४ अर्ब १३ करोड रूपैयाँको क्षति पुगेको छ ।
एउटा पशु लम्पी स्किनबाट संक्रमित हुँदा ४९ हजार १ सय ३५ रूपैयाँ नोक्सान भएको छ ।

विगत ५ महिना यता संक्रमित भएका पशुको संख्या १५ लाख १९ हजार ७७९ छ भने त्यसमध्ये उपचारपछि निको भएको पशुको संख्या १३ लाख ९३ हजार ५९५ रहेको छ ।

लम्की स्किन रोगविरुद्धको खोप आयात भइरहे पनि अझै ७३ हजार ६३६ पशु संक्रिय संक्रमित नै छन् भने, ५२ हजार ५४८ पशु मरिसकेका छन् ।

 

हालसम्म उक्त रोगविरुद्ध ९ लाख १९ हजार ४१६ पशुलाई खोप लगाइसकेको पशु सेवा विभागको प्रतिवेदनमा उल्लेख छ । विभागको प्रतिवेदन अनुसार हासम्म १३ लाख ६९ हाजर डोज खोप आयात भएर सातै प्रदेशका विभिन्न जिल्लाहरुमा ९ लाख १९ हजार ४१६ पशुहरुमा खोप कार्य सम्पन्न भएको छ ।

समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६,००० पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनि झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने देखिने नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनको निष्कर्ष छ । यो रकम नेपालको आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउने परिषद्ले उल्लेख गरेको छ ।

 

सिफारिस