
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय अंकगणितको बलमा उपसभामुख ईन्दिरा रानामगरलाई पाखा लगाउने रणनीति बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभामुख बनेकी रानामगरलाई महाअभियोग नै लगाएर भए पनि हटाउने तयारी सुरु भएको हो । संवैधानिक निकायमा एकलौटी गर्ने उदेश्यसहित एमाले र कांग्रेसले उपसभामुख खोस्ने प्रपञ्च रचेका हुन् । स्रोतका अनुसार रानामगरलाई हटाएर उनको ठाउँमा कांग्रेसबाट उपसभामुख बनाउने विषयमा एमाले र कांग्रेसका नेताहरुबीच छलफल अघि बढेको छ ।
सन् २०२३ फ्रेब्रुअरी २६ मा काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको एउटा पत्रका कारण उपसभामुख रानामगर विवादित बन्दै आएकी छिन् । त्यहि पत्रलाई आधार बनाएर एमाले र कांग्रेसले रानामगरको उपसभामुख पद खोस्न खोजेको देखिन्छ । अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँचजना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन भन्दै रानामगरले दूतावासलाई पत्र लेखेकी थिइन् । यहि पत्रलाई प्रमाण मान्दै कांग्रेस र एमालेले रानामगरको उपसभामुख पद खोस्न खोजेका हुन् ।
हेर्नुहोस् भिडिओ रिपोर्ट