काठमाडौं, २३ भदौ । छिमेकी मित्र राष्ट्र भारतमा हुने साम्बो प्रतियोगीतामा भाग लिनका लागि नेपाली टोली त्यस तर्फ प्रस्थान गर्ने भएको छ । खेलाडी सहितको टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सोमबार राजधानीको प्रदर्शनी मार्गस्थित पर्यटन बोर्डमा विदाई गरेका थिए ।
नेपाल साम्बो फेडेरेशनका कार्यावाहक अध्यक्ष पुरुषेत्तम सिंखडाको सभापतित्वमा भएको कार्यक्रममा खेलाडीसहितको टोलीलाई विदाई गरिएको थियो । आगामी सेप्टेम्बर १० देखि १६ सम्म प्रतियोगितामा नेपाली टिम सहभागी हुने भएको हो ।
प्रतियोगितामा पुरुष तर्फ ५२ केजीमा निरज भण्डारी, ५६ केजीमा प्रविन गुरुङ, ६० केजीमा आशिस तामाङ, ६५ केजीमा विकल छन्त्याल, ६८ केजीमा सुदीप थापा, कृष्णलाल तामाङ र रविन्स तामाङ, ६४ केजीमा दिनेश महर्जन, ८२ केजीमा प्रदीप पाण्डे, ९० केजीमा सुदीप आचार्य र सुदन लामा सहभागी हुनेछन् । त्यसैगरी १ सय केजीमा सृजेश श्रेष्ठ सहभागी हुनेछन् । त्यसैगरी महिला तर्फ ४४ केजीमा मिरा पौडेल, ५२ केजीमा भगवती माझी, ५६ केजीमा सब्बा रानी महर्जन र ६० केजीमा रचना लामाले खेलमा भाग लिनेछन् ।
साथै अफिसियलहरुमा फेडेरेशनका अध्यक्ष एवं धनान्जय श्रेष्ठ, उपाध्यक्षहरु पुरुषोत्तम सिंखडा, राजकुमार श्रेष्ठ र रमेश पौडेल सहभागी हुनेछन् । महासचिव उत्तम श्रेष्ठ, सचिव मदन पौडेल लगायत सहभागी हुनछन् ।
सो प्रतियोगितामा ४५ राष्ट्रले माग लिने फेडेरेशनले जनाएको छ ।, विदाई कार्यक्रममा राखेपको सदस्य बद्रि प्रसाद अधिकारी पूर्व सदस्य नारायण प्रसाद पौडेल सहभागी थिए ।