काठमाडौं, केही दिनअघि पब्जी लगायत १ सय १८ वटा मोबाइल एप्स बन्द गरेको भारतले आफ्नो प्रडक्ट बजारमा ल्याउन यो चाल चालेको पाइएको छ ।
एक भारतीय कम्प्निले अभिनेता अक्षय कुमारसँग मिलेर पबजी जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषण गरेको छ । बजारमा आफ्नो उपस्थिति उसले यस्तो घोषणा गरेका छ ।
बैंगलोर स्थित एन–कोर गेम्स नामक कम्पनिले यस मोबाइल गेम तयार गरेको हो । जसलाई सिधै पब्जीको प्रतिद्वन्दी मानिएको छ । कम्पनिले यो गेमको नाम फौजी राखेको छ । अक्टोबरसम्म बजारमा आउने जनाइएको छ ।
कम्पनिका सह संस्थापक विशाल गोडेलले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘फियरलेस एण्ड युनाइटेड गार्डस यो गेमको पुरा नाम हो । यो गेमका लागि कयौँ महिनादेखि काम चलिरहेको थियो । हामीले यस गेमको पहिलो लेवल गलान घाँटी राखेका छौँ ।’
गलवान घाँटीमै भरत र चीनको शैनिक बीच जुनमा पहिलो पटक टकराव भएको थियो । जसमा कामसेकम २० भारतीय सैनिक मारिएका थिए । त्यहाँदेखि नै वास्तविक सिमाको विषयलाई र दुई देशबीच तनाव छ ।
यस गतिरोधकै बीचमा भारतीय रकारले लोकप्रीय गेमिङ एप पब्जी लगायत चीनको कम्पनिहरुले बनाएको १ सय १८ अन्य मोबाइल एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
पब्जी अर्थात प्लेयर अन्नोन ब्याटलग्राउड विगत केही वर्षदेखि भारतमा लकेप्रीय मोबाइल गेम हो । युवाहरुले यो गेमको लतमा फसेको आरोप छ ।