सर्वोच्चमा विचाराधिन कुलमान विरुद्धको मुद्दामा आज के निर्णय भयो ?

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र २०, २०७८ | २१:५०:५०

काठमाडौं, २० भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दामा आज पनि सुनुवाई हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको इजलाशमा भएको आजको सुनुवाईमा घिसिङ विरुद्धको मुद्दा हेर्न नभ्याइएको हो ।

उनी विरुद्ध यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले मुद्दा दायर गरेका थिए ।


यसअघि प्रधानन्यायाधीश राणाले तत्काल अन्तरिम आदेश दिन अस्विकार गर्दै सक्कल मिसिल झिकाउने आदेश दिएका थिए ।

मिसिल आएपछि आज पेशी तोकिएको थियो । तर, आज तेस्रो नम्बरमा पालो रहेपनि उनको मुद्दामा कुनै सुनुवाई हुन नभ्याइएको हो ।

सम्बन्धित खबर