प्रचण्डले एमसीसी पास गर्न जबरजस्ती नगर्न भनेपछि फातिमाको जवाफ,‘स्थिती बुझ्न मात्रै आएकी हुँ’

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र २५, २०७८ | १३:५४:१८

काठमाडौं, २५ भदौ । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरशन एमसीसीकी उपप्रमुख फातिामा सुमारले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेकी छिन् ।


माओवादी अध्यक्ष निवास खुमलटारमा उनीहरुबीचको भेटमा अध्यक्ष प्रचण्डले अमेरिकाले एमसीसी संसदबाट पास गर्नका लागि राजनीतिक दबाव श्रजना गरेको बताएका थिए । जवाफमा उपाध्यक्ष सुमारले आफू कुनै पनि दबावका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताएकी थिइन् ।


प्रचण्ड सचिवालयका अनुसार भेटमा प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका थिए ।

भेटमा प्रचण्डले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताएका थिए।

फातिमाले एमसीसीबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताएकी थिइन्।

विहीबार नेपाल भ्रमणमा आएकी उनले विहिबार नै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।

उक्त भेटमा उन आसनलाई लिएर चौतर्फी चर्चा भएको थियो । उनले उपरखुट्टी लगाएको विषय आलोचनाको विषय बनेको थियो । अध्यक्ष प्रचण्डसँग भने उनी सालिन रुपमा प्रस्तुत भएकी थिइन् ।

सम्बन्धित खबर