सांसद गंगा चौधरीको प्रतिक्रिया : श्रीमानलाई पिए बनाएको हुँ, दिदिलाई दास बनाएको होइन’ !

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २८, २०७८ | ०:५४:४८

काठमाडौं, २७ भदौ । नेकपा एमालेकी सांसद तथा केन्द्रीय सदस्य गंगा चौधरीले आफूमाथि लागेको आरोपको खण्डन गरेकी छिन् ।
आइतबार दियोपोस्ट डटकममा ‘सांसद गंगा चौधरीको जीवनलिला स् श्रीमानलाई पिए बनाएर ‘सौता’लाई दास बनाएको खुलाशा १’ शिर्षकको समाचार प्रति आपत्ती जनाउँदै उनले दियोपोस्ट कर्मीलाई फोन गरेर प्रतिक्रिया दिएकी हुन् । प्रकाशित समाचारमा श्रीमानलाई पिए र सौतालाई दास बनाएको विषय उल्लेख थियो ।


उनले आफ्नो श्रीमानलाई पिए बनाएको स्विकार गरेकी छिन् । त्यस्तै आफ्नो दोस्रो विवाहको सन्दर्भमा भने उनको आपत्ति छ । श्रीमान नन्दलाल चौधरीको पहिलो श्रीमती आफ्नो दिदि रहेको उनको भनाई छ ।

‘मेरी दिदिलाई मैले घरमा सम्मानपूर्वक राखेको छु । घरको काम त म पनि घर गएको बेला गर्छु । उहाँले घरको काम गर्नु के नौलो कुरा भयो र,’ चौधरीले भनिन्,‘मेरो दिदिको दिमाखले काम नगरेर मेरो श्रीमानले मलाई विवाह गरेको हो । म साली हो । मैले बच्चाहरुलाई डाक्टर बनाएँ । कोही डिप्लोमा गराएँ । कुनै सौताले त्यस्तो व्यवहार गर्दैन । जुन कुरा आएको छ । त्यो यथार्थ होइन ।’

सांसद चौधरीले आफ्नो विषयमा प्रकाशित समाचार यथार्थ नबुझी प्रकाशित भएको बताइन् । प्रकाशित समाचारले आफ्नो जीवन हत्या गरेको उनको आरोप छ । ‘मेरो जीवन हत्या हो । यो समाचार हट्दैन भने मैले अर्कै कदम चाल्नुपर्ने हुन्छ । म राजनीति गर्ने मान्छे हुँ । मेरो परिवारमा म महिला अधिकारकर्मी हो । महिलाको पीडा मैले बुझेको छु । महिलाको पीडा बुझेको छु । मेरो श्रीमान मसँग बस्नुहुन्न । मैले पिए राखेको छु भने केको लागेको छु ? पिएको पैसाले मैले ४÷५ जना बच्चाहरु पढाएको छु । सौतालाई दास बनाएको कुरा कहाँबाट आयो ? मेरो श्रीमान सँधैभरी दिदिसँगै बस्नुहुन्छ । घरमा बसेपछि खाना पकाएर खानुपर्यो नी । खेतीबारी त गर्नै पर्यो । मैले स्वयं धान रोपेको भिडियो भाइरल भएको छ । म कपडा सिलाउँछु । तरकारी रोप्छु, खेतमा पानी हाल्छु । मैले कसरी दास बनाएँ । उहाँको खुट्टा नसक्ने छ । दिदि तलमाथि गर्न सक्नुहुन्न भनेर मैले कम्फर्ट ट्वाइलेट बनाएको छु । त्यस्तो सुविधा कुनै सौताले दिन्छ ?’


चौधरीले प्रकाशित समाचारमा उल्लेखित तुलसी चौधरीलाई समेत आफूले नचिनेको बताइन् ।

सम्बन्धित खबर