पितृसत्ता के हो ?

- स्वाती सिंह  

 

हामी जब महिला पुरुष समानता वा महिला अधिकारसंग सम्बन्धित मुद्दाहरुको विश्लेषण गर्छौं तब त्यसमा यस्ता शब्दहरु र अवधारणहरुको प्रयोग हुन्छन् जसलाई नबुझी हामी समस्याहरुलाई बुझ्न सक्दैनौं । जसमध्ये एउटा हो– पितृसत्ता । हामी सहजै कुनै महिलासंग सम्बन्धित मुद्धाहरुमा पितृसत्ता शब्दको प्रयोग भएको पाँउछौ तर पितृसत्ता भनेको के हो ? वास्तवमा सबैलाई थाहा नहुन सक्छ ।
विश्वव्यापी रुपमा महिला आन्दोलन र नारीवादी बहसको महत्वपूर्ण पक्ष विश्लेषणको लागि उपकरण र सिद्धान्तहरुको खोज भैरहेको छ । जसको माध्यमद्वारा सामान्यतया लैङगीक भेदभाव र विशेष गरी महिलाहरुको अधिनतालाई बुझन सकियोस् । नारीवादी विमर्शको पहिलो काम महिलाहरुलाई अधिनमा राख्ने जटिल समस्याको पहिचान गर्नु र यसलाई एउटा उचित नाम दिनु थियो । यसै अनुसार नारीवादी विशेषज्ञहरुले बीसौं शताब्दीको आठौं दशकबाट पितृसत्ता शब्दको प्रयोग र परिभाषित गर्न शुरु गरे ।

के हो पितृसत्ता ?

पितृसत्तालाई सामजिक ढाँचा र कार्यको एउटा व्यवस्थाको रुपमा परिभाषित गरिन्छ । जसमा पुरुषहरुको महिलामाथि वर्चस्व रहन्छ र उनीहरु महिला माथि शोषण र दमन गर्छन् । गर्डा लर्नरको अनुसार पितृसत्ता “परिवारका महिलाहरु र बच्चाहरुमा पुरुषहरुको वर्चस्वको अभिव्यक्ति संस्थागतकरण र सामान्य रुपमा महिलाहरुमा पुरुषहरुको सामाजिक वर्चस्वको विस्तार हो ।” उनी भन्छिन्, “यसको अर्थ यो होइन कि महिलाहरु पूर्ण रुपमा शक्तिहीन छन् वा पूर्ण रुपमा अधिकार र संसाधनहरुबाट वञ्चित छन् । यो व्यवस्थाको विशेष विशेषता विचारधारा हो । जसमा पुरुषहरु महिलाहरु भन्दा श्रेष्ठ छन् र महिलाहरुलाई पुरुषहरुको नियन्त्रण छ वा हुनुपर्छ भन्ने धारणा छ । यो व्यवस्थामा महिलाहरुलाई पुरुषहरुको सम्पत्तिको रुपमा देखिन्छ ।

“पितृसत्ता” शब्दको अर्थ

पितृसत्ता अंग्रेजी शब्दको पैट्रियार्कीको हिन्दी अनुवाद हो । अंग्रेजीमा यो शब्द दुई ग्रीक शब्दहरु paterarche को संयोजनबाट बनाइएको हो । pater को अर्थ बुबा र arche को अर्थ शासन हुन्छ । शासन अर्थात “बुबाको शासन” । पीटर लास्लेटले आफनो पुस्तक ‘द वर्ल्ड वी लस्ट” मा औधोगिकीकरण हुनु भन्दा पहिलेको इंगल्याण्ड समाजमा परिवार व्यवस्थाको पहिलो विशेषतालाई पितृसत्तात्मक भनेर वर्णन गरेको छ । भारतमा यस  प्रकारका  प्रणाली स्वतन्त्रता पछि धेरै वर्षसम्म जारी रहयो । पितृसत्ताको मुख्य कुरा विचारधारा हो । जसको माध्यमबाट महिलाहरुलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने धारणाको विकास हुन्छ ।

पितृसत्ताको भौतिक आधार

पितृसत्ताले एक व्यवस्थाको रुपमा कसरी काम गर्दछ भनी बुझ्नको लागि यसको विचारधारा महत्वपूर्ण मानिएको छ । पितृसत्ताको मुख्य पक्ष महिलाहरु बीच सहमति सिर्जना गर्नु हो । जसको माध्यमबाट महिलाहरु पितृसत्तालाई कायम राख्न सहयोग गर्छन् । किनकी सामाजिकीकरणको माध्यमबाट महिला स्वंयमले पुरुष वर्चस्व आत्मसात गर्छन् र उनीहरुलाई सहमति दिन्छन् ।

महिलाहरुको सहमति धेरै माध्यमबाट प्राप्त हुन्छ । जस्तैः उत्पादक संशाधानहरुमा उनीहरुको पहुँचको अभाव हुन्छ र परिवारको मुख्य व्यक्ति (बुवा , लोग्ने , दाईभाइ) माथि आर्थिक निर्भरता । यसरी विभिन्न तरिकाहरुको माध्यमबाट महिलाहरुलाई पितृसत्तामा सहमति प्राप्त गर्नको लागि साधन बनाइन्छ । यसको आधारमा यो बुझन जरुरी छ कि पितृसत्ता एक वैचारिक प्रणाली मात्र हैन । यसको भौतिक आधार पनि छ । पितृसत्तामा महिलाहरु शक्ति र वर्चस्वको साधनबाट वञ्चित छन् । उनीहरुको सहमति सहजै प्राप्त हुन्छ र महिलाहरु पितृसत्ताको इशारामा जीवन बिताउन थाल्छन् । उनीहरुलाई वर्ग , सुविधाहरु प्राप्त हुन्छन र उनीहरुलाई मान सम्मान सहित सम्मानित गरिन्छ ।

अर्कोतर्फ महिलाहरु जो पितृसत्ताको कानुन र प्रथाहरुलाई सहयोग वा सहमति दिदैनन्, उनीहरुलाई नराम्रो मानिन्छ र उनीहरुलाई पुरुषहरुको सम्पत्ति र सुविधाहरुबाट वञ्चित गरिन्छ । पितृसत्ताको काम गर्ने यो प्रणालीले महिलाहरुलाई दुई अलग शिविरहरुमा विभाजित गर्दछ । (राम्रो जो पितृसत्ताको सर्मथन गर्दछ र नराम्रो जो पितृसत्ताको सहमतमा छैनन ) उनीहरुको बीचमा कहिल्यै समाप्त नहुने सम्बन्धमा विभाजित गरेर प्रतिस्पर्धाको खेल सुरु हुन्छ । भारतीय समाजलाई पितृसत्ताको व्यवस्था अन्तर्गत ब्राहमणवादी पितृसत्तात्मक समाज भनिन्छ किनकि यहाँको समाज जात व्यवस्थामा आधारित छ ।

पितृसत्तात्मक व्यवस्थाको मुख्य विशेषता नै समाजका हरेक सदस्यलाई बराबर नमानेर उच्च वा तल्लो भनेर छुटयाउनु हो । यसको आधारमा “पितृसत्तात्मक व्यवस्था सँधै लोकतान्त्रिक मूल्य मान्यताको विपरित रहेको छ” भन्न सकिन्छ । यसमा जात लिङ्ग, वर्ण, वर्ग , धर्म जस्ता विभेदहरु भन्दामाथि “एक व्यक्ति एक मत” को सिद्धान्तलाई अपनाएर मानवीय मर्यादालाई सबैभन्दा माथि मानिन्छ ।

महिलाहरुको दैनिक जीवनमा कहाँ छ पितृसत्ता ?

पितृसत्तात्मक समाजमा महिलाहरु हरेकपल पितृसत्ताको विभिन्न रुपहरुमा उजागर हुन्छन् । चाहे त्यो विभिन्न आधारहरुमा भेदभावको विषयमा होस् वा स्वतन्त्रतामा अनुचित कटौती र सुविधाहरुमा भारी कटौती होस् । यी सबै पितृसत्ताको पक्षहरु हुन् । महिलाहरुलाई घरको काम , हेरचाह धेरै भन्दा धेरै गर्नुपर्छ अर्कोतर्फ घरेलु काममा उनीहरुको सम्मान कम छ । आर्थीक शोषणका साथसाथै उनीहरुलाई सामजिक सांस्कृतिक दमन र उत्पीडनको शिकार हुनुपर्छ । पितृसत्ताको रुप महिला अनुसार फरक हुन्छ । महिलाहरु जुनसुकै जात र वर्गको भएतापनि उनीहरु पितृसत्ताबाट समानरुपले पीडित छन् । जस्तै यदि कोही महिला (पैसा कमाउने) कामदार होइनन् भने उनलाई धेरै भन्दा धेरै घरेलु कामहरु गराईन्छ र यदि महिला कामदार हुन भने उनलाई धेरै पैसा कमाउने दबाव र अफिसमा पनि शोषण गरिन्छ । यहाँ शोषण दुवैथरी महिलाहरुमाथि हुन्छ तर त्यसको तरिका मात्रै फरक हो । त्यसैगरी महिलाहरु जुन खास वर्ग , जाति , धर्म , राष्ट्र , जनजातिको भएतापनि सोही अनुसार पितृसत्ताको शोषण , दमनको तरिकामा परिवर्तन आँउछ ।

अनुवाद : यशु सापकोटा

सम्बन्धित खबर