पर्यटक उद्दार ठगीमा मुछिएका देवेन्द्र वाग्ले कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार !

diyopost.com
दियो पोस्ट  मंगलबार, आश्विन १२, २०७८ | १२:०३:१६

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशनमा पर्यटक उद्दारको नाममा ठगीधन्दामा मुछिएका व्यक्तिहरुले समेत उम्मेदवारी दिएका छन् ।

नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई विरामी उद्दारको नाममा हेलिकोप्टर रेस्क्युको नाममा ठगी धन्दा चलाउनेहरु नै राजनीतिमा समेत देखिएका हुन् । यसरी उम्मेदवारी दिनेमा नेपाल भिजन ट्रेक्स एण्ड एक्सपिडिसन नामक ट्रेकिङ कम्पनिका मालिक देवेन्द्र वाग्ले रहेको पाइएको छ । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगेर रिहा भएका कांग्रेस नेता चिरञ्जिवी वाग्लेका छोरा समेत रहेका वाग्लेले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पदमा उम्मेदवारी दिएका हुन् । गोरखाको संघीय क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उन खुल्ला तर्फका उम्मेदवार हुन् ।

वाग्लेको स्वामित्व रहेको नेपाल भिजन ट्रेक एण्ड एक्सपिडिसन प्रा.लीले नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई नक्कली उद्दारको नाममा ठगी गरेको खुलाशा भएको थियो ।

पर्यटन मन्त्रालयले तत्कालिन उपसचिव तथा हाल ललितपुरका सिडिओ घनश्याम उपाप्ध्यायको नेतृत्वमा गठन गरेको उच्चस्तरिय कार्यदलले वाग्लेको स्वामित्व रहेको उक्त कम्पनिलाई समेत कारबाही गर्न सिफारिस गरेको थियो । मन्त्रालयले छानबीन गर्दा १४ कम्पनि मध्ये उनको नेपाल भिजन नौँ नम्बरमा थियो ।

उद्दारको नाममा ठगी गरेको सिफारिस भएपछि प्रहरी अनुसन्धान केन्द्रीय व्युरो सिआइबीले समेत उनको कम्पनिलाई कारबाही अघि बढाएको थियो । तर, राजनीतिक शक्तिको आडमा सिआइबीले फेक रेस्क्युको छानबीनलाई प्रभावकारी ढंगबाट अघि बढाउन नसकेको बताइन्छ ।

शक्तिकेन्द्रहरुको प्रभावमा छानबीन नै प्रभावित भएपनि केही कम्पनिलाई भने कारबाहीका लागि राजश्व अनुसन्धानमा पठाएको थियो । तत्कालिन सिआइबीका प्रमुख डिआइजी तथा हाल एआइजी रहेका निरज शाहीले मिलेमतोमा फाइल अघि बढाउन रोकेको उच्च स्रोतको दाबी छ ।

सम्बन्धित खबर