नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो । खेलको ५८औँ मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदूरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२औँ मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए ।
रासस ।