पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला १ सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार बिहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन्। उनले १२ दशमलव १५ सेकेन्डमा दूरी पार गर्दै २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी छन्। यसअघि देवी माया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा कीर्तिमान राखेकी थिइन्।
देवी मायाले यसअघि १९ दशमलव १९ सेकेन्डको कीर्तिमान राखेकी थिइन्। महिलाततर्फ १ सय मिटर दौडमा १९ जना सहभागी छन्।
जसको शनिबार नै अन्तिम चरण पनि हुनेछ। एथ्लेटिक्समा आज १० हजार मिटर दौड, १५ सय मिटर दौड र सटपुट प्रतियोगिता पनि हुँदैछ। ४ सय मिटर दौडको हिट पनि अब हुनेछ।