विनोद चौधरीको चुनावी ‘चटक’ : करोडौँको रेन्ज रोभर गाडी छाडेर मोटरसाइकलमा सरर…

दियो पोस्ट  

काठमाडौं । नेपालको एक मात्रै डलर अर्बपति विनोद चौधरी करोडौँ मुल्य पर्ने रेन्ज रोभर गाडी फेरी फेरी चढ्छन् । नेपालमा मात्रै होइन विभिन्न देशमा होटलदेखि वाई वाई चाउचाउको धन्दा गर्दै आएका चौधरी यतिबेला भने मोटर साइकलको पछाडी देखिन थालेका छन् ।
आगामी मंसिर चार गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उनी नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेपछि उनले यस्तो नाटक गर्नु परेको हो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका चौधरीले लु ५६ प ९१५५ नम्बरको मोटरसाइकलमा चढेर चुनावी प्रचारमा हिँडेको विषयमा सामाजिक संजालमा लामो स्ट्याटस लेखेका छन् । निर्वाचन अघि र निर्वाचित भएपछि करोडौंको गाडीमा सयर हुने केही सांसदहरु चुनाव आएपछि नाटकीय रुपमा विभिन्न गतिविधि देखाउँछन् ।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्व डिआइजी नवराज सिलवालले किसानसँग धान काट्दै गरेको तस्विर भाईरल भएको थियो । तर, निर्वाचित भएपछि उनले कहिल्यै धान काटेको र किसानसँग सुखदुख साटेको तस्विर देख्न पाइएन ।

 

सम्बन्धित खबर