धादिङमा रोकिएन राधेको गुण्डागर्दी : दिनदहाडै बिचबजारमा युवामाथि खुकुरी प्रहार, प्रहरी मौन

दियो पोस्ट  

धादिङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ले दिनदहाडै एक व्यक्तिमाथि खुकुरी प्रहार गरेका छन् ।

निलकण्ठ नगरपालिका वडा नम्बर ४ घर भएका भिम गुरुङमाथि राधे स्वयंले खुकुरी प्रहार गरेकाे घाइते गुरुङले बताए। पीडित गुरुङका अनुसार धादिङवेशीस्थित बिचबजारमा कामको शिलशिलामा गएको बेला उनीमाथि राधेले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गुरुङको दयाँ हातमा गम्भिर चोट लागेको छ । घाइते उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार भइरहेको छ ।

लामो समयदेखि धादिङलाई केन्द्र बनाएर राधे समुहले गुण्डागर्दी गर्दै आएको छ । यो समुहले केही समयअघि एक रेष्टुरेन्ट मालिकलाई निर्घात कुटपीट गरेको थियो ।

स्रोतका अनुसार जिल्लास्थित प्रहरी प्रमुखकै संरक्षणमा राधेले धादिङमा गुण्डागर्दी गर्दै आएका छन् ।

सम्बन्धित खबर