जनतासँग झुट बोलेर चुनाव जित्नभन्दा सत्य कुरा बोलेर हार्न तयार छु : प्रदीप घताल (अन्तर्वार्ता)

आम निर्वाचन ०७९

दियो पोस्ट  

काठमाडौँ । आगामी मंसिर ४ गते आम निर्वाचन हुँदै छ । प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यहरुका लागि हुने उक्त निर्वाचनको सरगर्मी ह्वात्तै बढेको केन्द्रमा भएका नेताहरु आआफ्नै क्षेत्र तर्फ लागेका छन् भने र जनताको घर दैलोमा पुग्न थालेका छन् । जनता समाजवादी पार्टी जसपाका संघिय परिसद सदस्य र यसै निर्वाचनमा ओखलढुङ्गाबाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका शान्त बहादुर घताल (प्रदीप)सँग दियोपोस्टले गरेको कुराकानीः

चुनावी सरगर्मी कत्तिको बढेको छ ?
चुनावी सरगर्मी एकदमै लागेको छ । पछिल्लो समय चुनावी मिति नजिकिएसँगै राजधानी देखि गाउँ र गाउँदेखि राजधानीको यात्रा निरन्तरता छ । काठमाडौंमा रहेका युवाहरूसँग भेटघाट र जिल्लामा पनि एक हिसाबको अभियान जारी नै छ ।

तपाईँको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी किन भन्नुहुन्छ भने, आम जनतामा एक खालको फ्रस्टेसन छ । त्यसलाई हल गर्नको लागि जनतामा भएको निराशा, जनतामा भएको विकास र समृद्धिका चाहना र भइरहेका विद्यमान ठुला दलहरूको व्यवहारलाई एउटा खालको चुनौती दिनको लागि समाजलाई नयाँ ढङ्गले पुनः गठन गर्नको लागि समाज रूपान्तरण गर्नको लागि र देश र समाजलाई नयाँ गति र नयाँ विचारले अगाडी बढाउनको लागि मेरो उम्मेदवारी हो ।

ओखलढुङ्गाबाट उम्मेदवारी दिनुभएको छ, तपाईँको उम्मेदवारी दिई रहँदा ओखलढुङ्गावासीको लागि के सोच्नु भएको छ ?
मुख्यतः ओखलढुङ्गावासीको समस्या भनेको बाटोको समस्या हो । एउटा खानेपानीको समस्या हो, शिक्षा र स्वास्थ्यको समस्या छ छदै छ । यस्ता विद्यमान समस्याहरूलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा सदनबाट जनताको लागि वकालत गर्ने छु । बाटोका समस्या, पानीको समस्या, शिक्षा स्वास्थ्य लगायत तमाम विषयमा कसरी समाधान गर्न सकिन्छ भनेर सदनमा रहेका कार्यकारी अधिकारप्राप्त व्यक्तिहरूसँग समन्वय गरेर अगाडी बढ्ने छु । ३६५ दिन नै कसरी बाटो सञ्चालन गर्न सकिन्छ र समस्याहरू समाधान गर्न सकिन्न भन्ने विषयमा जनतासँगै रहेर अगाडी बढ्ने छु । म निर्वाचित भएर सदनमा पुगेको खण्डमा ओखलढुङ्गावासीको मतलाई कदर गर्दै उहाँहरूको सिर ननिहुरिने तरिकाले काम गर्नेछु र निर्वाचित नभएको खण्डमा समेत सडकबाट नै जनताको व्यथामा सहकार्य गर्नेछु ।

तपाई सँग ओखलढंगाको विकासमा एजेन्डाहरू के–के छन् ?
ओखलढुङ्गा विकासको एजेन्डा भनेको मुख्य गरी बाटो समस्या, कत्तिको समस्या, खानेपानीको समस्या, विद्यालयको समस्या, किसानहरूले समयमा नै बिउ विजन गर्न नपाउने समस्या, उत्पादित कृषिजन्य तथा अन्य सामग्रीहरू बिक्री वितरणका लागि बजारको अभाव छ । यस्ता विद्यमान समस्याहरूलाई समाधान गर्नु मेरो मुख्य एजेन्डा हो ,। जस्तै त्यहाँ किसानहरूलाई समयमै बिउ विजन उपलब्ध गराउने, उत्पादित कृषिजन्य तथा अन्य सामग्रीहरूको बिक्री वितरणका लागि काठमाडौँ सम्म सामग्री ल्याउने व्यवस्था मिलाउने जस्ता जनतासँग प्रत्यक्ष जोडिएका समस्याहरूको समाधानका लागि मसँग एजेन्डाहरू छन् । मैले धेरै ठुला ठुला आश्वासनहरू देखाएर विकासे कुराहरू देखाएर जनतालाई झुकाउनु छैन, उहाँहरूको आधारभूत आवश्यकतहरु नै परिपूर्ति गर्नु नै मेरो प्राथमिकता हो । म जनतासँगै घुलमिल भएको मान्छे हुँ, मलाई उहाँहरूको आधारभूत आवश्यकता के हो भन्ने थाहा छ , उहाँहरूको त्यस्ता आवश्यकताहरू परिपूर्ति गर्नु नै मेरो प्रमुख उद्देश्य हो । जनतालाई झुटो आश्वासन देखाएर चुनाव जित्नुभन्दा सत्य कुरा बोलेर चुनाव हार्न तयार छु । जनतासँगै बसेर जनताकै आवाजहरू बोल्ने, उहाँहरूकै विकास र समृद्धिका सपनाहरू पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

 

तपाईँको क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवार एकातिर छ भने, एमालेको पनि छुट्टै उम्मेदवार छ, यी दुई ठुला गठबन्धन र पार्टीलाई परास्त गर्न जसपा कती बिलायो छ ?
राजनीति भनेको सम्भावनाको खेल हो, जनताले चाहेको खण्डमा जे पनि हुन सक्छ, ०६४मा माओवादीलाई जनताले पहिलो दलका रूपमा स्थापित गरेकै हो । ०७४ को निर्वाचनमा नेकपालाई बहुमत दिनुभयो । सबै ठुला दलहरू टेस्टे भरसके त्यसो हुनाले जसपाले एउटा चाहिँ हिमाल पहाड र मधेस जोड्ने, आम उत्पीडित जनताको काम गर्ने ।, त्यो भनेको कसैको विरुद्धमा होइन, कसैले हामीलाई जाति बादी कुरा गर्छ हामी जाति बादी होइनौ । हामीले हिमाल पहाड र मदेसका सबै जनताहरू राज्यमा देखिनुपर्छ भन्ने हो । सदन सत्ता सञ्चालन गर्ने ठाउँमा सबै क्षेत्र वा वर्गका मान्छेहरू देखिन प¥यो कलम, पैसा र बन्दुक चलाउने ठाउँमा ती कुराहरू देखिन प¥यो । हिजो राज्यको पुनःसम्रचना गर्नुपर्छ भनेको पार्टीले आज राज्यका पुनः संरचनाका कामहरू अझै वाकिन् छ । संविधान विरोधका समस्याहरू वाकिन् छन्, नागरिकताका समस्याहरू वाकिन् छन् । रोजगारीका समस्या वाकिन् छन्, दलित, महिला तथा अन्य उत्पीडित समुदायका समस्याहरू वाकिन् नै छन् । यस्ता तमाम समस्याहरू भोगिरहँदा जसपाले काम गर्छु भन्दै गर्दा जनताले जसपालाई त्यो अवसर दिनुहुन्छ भन्ने कुरामा निर्धक्क छु । जसपाले जनताको आधारभूत वश्यतालाई परिपूर्ति गर्न सक्छ, यो अवसर जनताहरूले प्रदान गर्नुहुन्छ ।

हिजो जसपा सत्ता गठबन्धनभित्र नै थियो, तर सङ्घ र प्रदेशको निर्वाचनको सिट बाडँफाडमा कुरा नमिलेपछि, एमालेसँग नै घाटि जोड्न पुग्यो, यस्तो द्वेचरित्र देखाउने जसपाका नेतृत्वहरूप्रति के भन्न चाहनुहुन्छ ?
अहिले हामी चुनावी राजनीतिमा छौँ, चुनावी राजनीतिमा पार्टीहरूले आफूले कुन ढङ्गबाट गठबन्धन गर्दा वा कसरी जाँदा आफूलाई बढी भन्दा बढी सिट प्राप्त हुन्छ । त्यसको अङ्क गणितमा आफू माहिर भइएन, आफू पछि परियो भने, फेरी संसद्मा गएर आवाज उठाउन त सकिन्न । संसद्मा जति सक्दो धेरै सदस्यहरू भयो त्यति धेरै प्रभावकारी हुन्छ र त्यसले सत्ता सञ्चालनको अवसर पनि प्राप्त गर्दछ । त्यसो हुनाले हामीले सत्ता गठबन्धन बनाउनको लागि हाम्रो पार्टीले वा नेतृत्वले अह म भूमिका खेलेकै हो । तर स्थानीय निर्वाचनको सिट बाँडफाँडमा हामीलाई भित्तामा पु¥याउने काम भयो, त्यो सत्ता गठबन्धनको लाभ चाही सिधा सिधा काँग्रेस र माओवादीलाई भन्दा अरूलाई भएन । त्यो हुनाले यस पटकको चुनावमा पनि काँग्रेसले आफ्नै उम्मेदवारलाई व्यवस्थापन गर्न पनि धौ धौ भयो । भने गठबन्धनका अन्य दलका उम्मेदवारलाई कसरी व्यवस्थापन गर्ला भन्ने प्रश्न उत्तिकै थियो । त्यस्तै गठबन्धनभित्र हामीलाई भ्यालुएसन नगर्ने, हामीमाथि हेपाहा प्रवृत्ति देखाउने । यस्तो अपमान भईसकेपनि हामीले एमालेसँग तालमेल गर्नुपर्ने बाध्यता थियो । हामीले पार्टी जोगाउनु पर्ने थियो । नेतृत्वको यो निर्णय ठिक हो, म त भन्छु यो अझै अगाडी गर्नुपर्थ्यो , अहिले गर्दा पनि खासै फरक भने परेको छैन ।

हिजो प्रतिगामी तत्त्व भनेर एमालेलाई सत्ताबाट ओराल्ने र सडक सङ्घर्ष गर्नेमा जसपा नै थियो, तर अहिले चुनावमा सिट पाइन्छ भनेर, त्यही प्रतिगामी तत्त्वसँग घाटी जोड्न जानु स्वार्थको राजनीति हैन र ?
मैले फेरी पनि भन्न चाहेँ, हामी यति बेला चुनावी राजनीतिमा छौँ, हो, एमालेलाई हिजो हामीले प्रतिगामी भनेर गाली गरेकै हौँ, त्यसको सजाय पनि एमलेले पाएकै हो, सङ्घ र प्रदेशबाट सबै कुरा बाहिरिएकै हो । हामीले एमालेलाई गाली ग¥यो र सङ्घर्ष पनि ग¥यो तर एउटा कुनै समयमा प्रतिगामी भएको पार्टीलाई आजीवन प्रतिगामी भनेर आरोप त लगाउन मिलेन नि रु सधैँ त्यो प्रतिगामी रहिरहँदैन । र राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्, एउटै पार्टी भित्र त तपाईँको फरक फरक कित्ता हुन्छ भने अहिले हामी जुन संसदीय व्यवस्थामा छौँ, यस्तो अवस्थामा उचित निर्णय लिन सकेनौ भने, पार्टीहरू अस्तित्व विहीन हुन्छ ।

सम्बन्धित खबर