सिन्धुली-१ को प्रदेश ‘ख’मा एमालेलाई ‘धौ-धौ’ , राम कुमार पहाडीको जित सुनिस्चित !

- युवराज पहाडी  

सिन्धुली । जिल्लाको स्थानीय तहमा चर्चित युवा नेता तथा नेपाली काग्रेसवाट प्रतिनिधिसभा क्षेत्र नं १ अन्तरगत प्रदेशसभा ‘ख’ का उमेद्धवार राम कुमार पहाडीको पक्षमा राजनितिक माहोल सकारात्मक रुपमा अगाडी वढेको छ ।

नेकपा एमालेका उमेद्धवारले निर्वाचन आउन एक महिना बाँकी रहदा विभिन्न तिकडम गरे पनि पहाडीका पक्षमा जनमत एकाकार हुदै गएको हो ।

चुनाव नजिकिएसँगै राजनैतिक दलहरु आफ्ना उम्मेदवारलाई जिताउन जिल्लामा एकले अर्को दललाई कमजोर बनाउन पार्टी प्रवेश कार्यक्रमहरु भइरहदा समेत उनको पक्षमा जनलहर वढिरहेको देखिन्छ ।

सिन्धुलीका चर्चित काग्रेसका युवा नेता पहाडीका पक्षमा तिनपाटन, फिक्कल, गोलन्जोर गाउँपालिकाका सतप्रतिशत जित निकाल्न तयार छ । तिनपाटन करिव २ हजार, फिक्कल १ हजार, गोलन्जोर १ हजार ५ सय मतले पहाडी अगाडी रहेको मत पोलिङमा देख्न सकिन्छ ।

अहिले सम्म निष्ठाको राजनितिक गरेका इमान्दार, विकास प्रेमी, कुसल शिक्षक, समाजसेवीको नामले परिचित पहाडीको पक्षमा फिक्कल गाउँपालिकाका स्थानिय एमालेका कार्यकर्ताले समेत खुलेरै साथ दिईरहेका काग्रेसका युवा नेता कृष्ण केसीले वताएका छन । केसीका अनुसार करिव ३ हजार भन्दा वढि मतले गठवन्धनका उमेद्धवार पहाडीले जित्ने छन ।

सिफारिस